प्रहरीलाई मासिक बुझाउदै ठोरी नाकाबाट तस्करी


चितवन । भारतीय सिमा जोडिएको पर्साको दक्षिण पश्चिम ठोरी छोटी भन्सारबाट दैनिक रुपमा ब्यापक मात्रमा तस्करी भईरहेको छ । सिमाक्षेत्रमा रहेका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयकै केही प्रहरीहरुको मिलेमतोमा तस्करी भईरहेको हो । सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरीसँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान चितवनको माडी हुँदै नारायणगढसम्म ल्याउने गरेका हुन् । उक्त नाकाबाट तस्करहरुले दैनिक तस्करी गर्ने गरेको भएपनि प्रहरी प्रशासन मुकदर्शक बसिरहेको एक स्थानियले जानकारी दिए । उनका अनुसार स्थानियलाई उपभोगको लागी दुईचार किलो चिनी दाल पनि पक्रिएको झै गर्ने तर मिलेमतोमा नारायणगढबाट आएका तस्करहरुलाई किन तस्करी गर्न दिने ? त्यस्तै स्थानिय एक महिलाले आफुले उपभोगको लागी ल्याएको चिनी प्रहरीले पक्रिएको तर गाडीका गाडी माल कसरी गईरहेछ, उनले भनिन । तस्करहरुले तस्करीका सामानहरु ठोरी हुँदै नारायाणगढ र अन्यत्र चल्ने बस साथै अन्य निजी सवारी साधनको बिभिन्न भागमा लुकाएर राखी राष्ट्रिय निकुञ्ज कटाउने गरिन्छ । भण्डाफोरलाई प्राप्त अर्को एक बिश्वस्त शुत्रले दिएको सुचना अनुसार चितवन नारायणगढका एक दर्जज ब्यापारीले सो नाकाबाट तस्करी गरे बापत ठोरीको प्रहरीलाई महिनावारी रुपमा रकम बुझाउने गरेका छन् । सो नाकाबाट तस्करहरुले कपडा,चिनी, दाल, तेल, लगाएतका खाधान्न र रंग, हार्डवेयरका सामान, मोबाईल तथा ईलेक्ट्रीक सामानहरु तस्करी गर्ने गरेको श्रोतको दाबी छ । श्रोतका अनुसार नारायणगढको कमलनगरमा रहेको सोनु, गुप्ता लगाएतका आदा दर्जन कपडा पसलले सोही बाटो हुँदै कपडा तस्करी गर्ने गर्दछन् । ठोरीमा रहेको छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेको फाईदा उठाउदै तस्करहरुले शसस्त्रसिमा सुरक्षा बलको ठोरी र माडी स्थित पोष्ट, नेपाल प्रहरीका आदा दर्जन चौकी र चितवन राष्ट्रिय निकुञ्जका आदा दर्जन पोष्टहरुको आखाँ छल्दै के तस्करी गर्न सम्भव छ ? मिलेमतो मै तस्करी भईरहँदापनि सरकारका प्रशासनिक निकायहरु तैं चुप मै चुप हुनुलाई हिस्सा माथीसम्मै पुगेको हुनसक्ने आम आशंका छ ।