ठोरी ठुटे खोलाको पुल सञ्चालनमा किन ढिलाई ?

चितवन । भारतीय सिमा क्षेत्र नजिक पर्नेे पर्साको ठोरी स्थित ठुटे खोलाको पुल बनेको महिनौं बित्दा पनि अझैं सञ्चालनमा आउन सकेको छैन् । हुलाकी सडक आयोजनाले सात करोड रुपैयाँ खर्च गरि बनाएको उक्त पुल सञ्चालनमा आउन ढिलाई हुँदा स्थानियहरु अझै खोलामुनिबाट आफ्ना सवारी साधन चलाउन बाध्य छन् ।
उक्त क्षेत्र भई बिरगंज र नारायणगढ आउने दर्जनौ यात्रुबहाक बस तथा मालबाहक सवारी साधनहरु समेत पुलमुनि खोलाबाटै आउने जाने गरेका छन् । वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने पुलले ठोरी गाउँपालिकाको २ र ३ वडालाई जोडेको छ । बर्षातको समय नजिकिदै गरे पनि पुल सञ्चालनमा ठेकेदार पक्ष र प्रशासनले चासो नदेखाएको कारण आवत जावतमा समस्या पर्ने ठोरीका स्थानिय होटल ब्यबसायी एवं समाजसेवी रामशरण लामिछानेले बताए । उनले भने यो पुल हामी ठोरीबासीलाई बेल पाक्यो कागलाई हर्ष न बिष्मात ! भने झै भएको छ, पुल त बन्यो तर महिनौ भईसक्यो किन के कारणले सञ्चालनमा आउदैन्, कसैले केही भन्दैनन् । उनले अगाडी भने केही भारतीहरुले नेपाली भुमिमा भारततिर जाने कुलोको निम्ती कल्भट बनाउनुपर्छ भनेकाले ईन्जिनियरले पुलको नजिक कल्भर्ट बनाउदा पुल भासिनसक्ने खतरा औल्याईसकेको छ । भारतीयहरुकै अबरोधको कारण ठेकेदार पक्षले पुल बनिसक्दापनि पुल सञ्चालनमा ल्याउन ढिलाई गरेको हो । अर्का स्थानिय एवं नारायणगढ माडी ठोरी रुटका बसचालक रञ्जीत थापाले पुल सञ्चालनमा नआउदा आफुहरुलाई बर्षातमा सवारी साधन सञ्चालनमा कठिनाई हुने बताए । यसरी बनिसकेको पुल सञ्चालनमा ढिलाई हुँदा स्थानियहरु सरकार र प्रशासनप्रति आक्रोशित बन्दै जान थालेका छन् । उनीहरुको आरोप छ, प्रशासनले पहल नगरेकै कारण बनिसकेको पुलमा भारतीयको दादागिरीको कारण अबरोध भईरहेको छ ।
यता, पुल सञ्चालनमा किन ढिलाई भनी हामीले सोधेको प्रश्नमा पर्साका प्रमुख जिल्ला अधिकारीले कुलोको बिवादले पुल सञ्चालनमा अबरोध भएको भन्ने अनौपचारिक कुरा आएपनि आफुकहाँ के कारणले पुल सञ्चालनमा ढिलाई भयो भन्ने कुनै आधिकारिक पत्र हुलाकी सडक आयोजनाबाट नआएको बताए । भण्डाफोर अभियान सँग कुरा गर्दे प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले उक्त पुल सञ्चालन गर्न आफुले आयोजनालाई निर्देशन दिईसकेको बताउदै छिट्टै पुल सञ्चालन हुने बिश्वास ब्यक्त गरे ।