सहकारीमा बढदो बिकृती, सुदखोर शैलीमा जनता लुटदैं ।

 भरतपुर महानगरमा सहकारीको अनुगमन

जेठ १ । जनताको आर्थिक स्तर सुधार गर्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने बिश्वासका साथ अगाडी बढाईएका सहकारीहरुमा चरम बिकृती हावी भईरहेपनि तहगत सरकार र नियामक निकायहरु मुकर्दशक बसिरहेका छन् । सहकारी सस्थाँहरुमा बढेको बिकृतीले बचतकर्ता तथा क्रृणी रहेका आम सर्बसाधरण नागरिकहरु आर्थिक रुपमा प्रताडित बन्नुका साथै चरम शोषणको दुश्चक्रमा फसिरहेका छन् ।
जिल्लामा सञ्चालित अंधिकास सहकारीहरु सहकारी ऐन,नियम बिपरित सञ्चालनमा रहेको पाईएको छ । सहकारीहरुले आफुखुसी नियमहरु बनाउदै सदस्यहरुको चरम शोषण गरिरहेको भएपनि अनुगमन तथा नियमन गर्ने निकायहरुले अनदेखि गरिहेका छन् । सातवटा स्थानिय तह रहेको चितवनको भरतपुर, रत्ननगर, खैरहनी, राप्ती, कालिका, माडी र ईच्छाकामना क्षेत्रमा सञ्चालित कयौ सहकारीहरुले अबैध मिटरब्याजी र ढुकुटी सञ्चालकहरुले झै क्रृणीको ब्ल्याङ्क चेक राख्ने,स्विकृत क्रृणको २० देखि ३० प्रतिशत सम्म खातामै होल्ड गराएर राख्ने तर ब्याज भने शतप्रतिशतको लिने, चक्रिय ब्याज प्रणाली(फल्याट सिष्टम) अनुसार ब्याज असुल्ने लगाएतका गैं्रहकानुनी हर्कतहरु गरिरहेको पाईएको छ ।
सहकारीको नाममा यस्ता गैंह्रकानुनी कार्य र सुदखोर शैलीका आर्थिक अपराध बढिरहेको पाईएपनि नियामक निकायहरु मुकर्दशक बनि बसिरहेका छन् । कतिपय सहकारीले बचत तथा क्रृण निती नभएपनि बचत संकलनको काम गरिरहेको एक सेवागा्रहीले बताए । उनका अनुसार जिल्लामा कयौ सहकारीले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गई बचत संकलन गरेको छ । सहकारी क्षेत्रमै कार्यरत एक कर्मचारीका अनुसार मुना बचत लगाएतका नाम चलेका सहकारीहरुले समेत नियम मिची कार्यक्षेत्रभन्दा बाहिर गई काम गरेको पाईएको छ । उनीहरुलाई नियमानुसार चल्न निर्देशन दिएपनि केहीले अटेरी गरिरहेको पाईएको पनि उनले बताए ।
यसरी जिल्लामा रहेका दर्जनौ सहकारीहरुले सहकारी ऐन, नियम बिपरित जनता ठग्ने कार्य के आफ्नै बलबुतामा गरेका हुन या यीनलाई गलत कार्यतर्फ उन्मुख गराउन नियमनकारी निकायमा कार्यरत कोही कसैले भित्री साथ दिएका छन् यस बिषयमा गहिरो अध्ययन् र छानबिन गर्नुपर्ने देखिन्छ ।
भरतपुर महानगरमा अनुगमन शुरु
सहकारीको नाममा बिकृती बढदै जान थालेपछी भरतपुर महानगरले आफ्नो सिमा र कार्यक्षेत्र भित्र पर्ने सहकारीहरुको अनुगमन शुरु गरेको छ ।
सोमबार ८ वटा सहकारीको अनुगमन गरिएको र मंगलबार पनि करिब एक दर्जन सहकारीको अनुगमन गरिएको भरतपुर महानगरका सहकारी शाखा अनुगमन प्रमुख वडा नं. ७ का वडाअध्यक्ष राजेन्द्रमणी काफ्लेले जानकारी दिए ।
उनले भने सहकारीमा बिकृती बढेको पाईएकाले अनुगमन शुरु गरेका छौं, ऐननियम अनुसार नचल्नेलाई आवश्यक कार्बाही गरिनेछ ।