प्रहरी हिरासत भित्रै यूवक झुण्डिएर घाईते भएपछि रत्ननगर तनावग्रस्त

रत्ननगर,२६ वैशाख । पुर्बि चितवन स्थित ईलाका प्रहरी कार्यालय रत्ननगर बकुलहरको हिरासतमा एक युवक गम्भीर घाईते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका वडा नं १ का २४ बर्षिय समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट मा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । तोडफोडमा उत्रिएकालाई नियन्त्रणमा लिन प्रहरीले अस्रु ग्याँस र हवाई फायर गर्नुपरेको थियो । तोडफोडमा उत्रिएका ४० जना र २४ ओटा मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए ।