देवघाट क्षेत्रमा पनि भुमाफियाकैं हालीमुहाली

तनहुँ /चर्चित तीर्थस्थल देवघाटमा समेत भुमाफियाहरुले चलखेल गरेका छन् । एमालेबाट तत्कालिन देवघाट गाविसको अध्यक्ष भएका घुम्ती कान्छा उर्फ शिवराज पौडेलले आफ्नो चुनाव पकेट क्षेत्र बनाउन मठ–मन्दीर, ऐलानी जमिनहरु समेत सुकुम्बासीका नाममा वितरण गरेका पाईएको छ । तर पौडेलको आडमा जग्गा कब्जा गर्नेहरु सुकुम्वासी होइनन् उनीहरूको देवघाट र चितवनमा घर घडेरी छ ।
अहिले पनि गाउँपालिका र वन अधिकृतलाई पैसा खुवाएर जंगल फाडेर बस्ती बसाईएको छ । शिवराज पौडेल आफैं देवघाट क्षेत्र विकास समितिको अध्यक्ष छन् । तर उनी सरकारी सम्पत्ति हडप्न जंगल फाडेर जग्गा बाँडेर करोडपति भएको छर्लङ्ग छ । त्यसो त देवघाट गाउँपालिका वडा नं. ५ का अध्यक्षको घर नै ऐलानी जमिनमा रहेको छ । भूकम्पले श्रीमती गुमाएका अध्यक्ष सोझा इमान्दार कार्यकर्ता हुन् । अहिले देवघाट क्षेत्रमा झण्डै २ हजार रोपनी जमिन यसरी नै भुमाफियाको योजनामा अधिग्रहण भएको छ ।
देबघाटमा मठ–मन्दिरमा बसेका साधु–सन्तसमेत ठगिन छुटेका छैनन् । गाउँपालिका र देवघाट क्षेत्र विकास समितिका नक्कली परियोजनाहरू देखाइएको छ । बाँदर लाग्ने भएकोले बाँदर तथा वन्यजन्तु नियन्त्रणका नाममा टाठाबाठाले खाने साधु–सन्त ठगिने क्रम बढेको बढेई छ । सडक ग्रावेलको नाममा पैसा खाने काम नहुने क्षेत्र विकास समितिका लागि सामान्य हो । समितिको संरक्षणमा रहेका बृद्धा आश्रम कर्मचारीहरूको भोजनालय बनाइएको छ ।
जिल्ला सदरमुकामबाट झण्डै ९० किमि टाढा भएकोले पनि देवघाट क्षेत्र विकास समितिको काममा स्थानीय प्रशासनको निगरानी पर्दैन । रामचन्द्र पौडेल केन्द्रीय सत्ताको तालुकदार हुँदा उनकै दलालहरू देवघाटका पण्डा हुने गर्थे । अहिले खड्ग ओली शासक हुँदा उनकै पण्डाहरूले कमाइ गरेका छन् । देवघाटमा भएको सार्बजनिक जग्गा अतिक्रमणको बारेमा थप खोजी गरि संरक्षण गर्नुपर्ने भएपनि प्रधानमन्त्री ओली देशभर सार्वजनिक सम्पत्तिको संरक्षण गर्नेे भन्दैछन् । तर, उनकै कार्यकर्ता देशभर भुमाफियासँग मिली सार्बजनिक जग्गा हडप्न लागीपरेको देख्दा स्थानिय दंङ्ग छन् । आजको भण्डाफोर अभियानबाट