मिलेमतोमै ठोरी नाकाबाट तस्करी

चितवन । पर्साको दक्षिण पश्चिम चितवन र भारतसँग सिमा जोडिएको ठोरी छोटी भन्सारबाट ब्यापक मात्रमा तस्करी बढीरहेको पाईएको छ । सिमामा रहेका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयको आँखा छल्दै तस्करहरुले तस्करीलाई निर्बाद रुपमा बढवा दिएका हुन् । सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरीसँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान चितवनको माडी हुँदै नारायणगढसम्म ल्याउने गरेका हुन् । उक्त नाकाबाट तस्करहरुले दैनिक बेलुका, राती र बिहानीपख सिमा पारी भिखनाठोरीबाट भरिया लगाई तस्करी गर्ने र ठोरीका होटल तथा पसलहरुमा तस्करीका सामान राख्ने गरेको एक प्रत्यक्षदर्शीले भण्डाफोरलाई जानकारी दिए । उनका अनुसार ति तस्करीका सामानहरु ठोरी हुँदै नारायाण्गढ र अन्यत्र चल्ने बसको बिभिन्न भागमा लुकाएर साथै अन्य निजी सवारी साधनमा राखी राष्ट्रिय निकुञ्ज कटाउने गरिन्छ । भण्डाफोरलाई प्राप्त अर्को एक बिश्वस्त शुत्रले दिएको सुचना अनुसार चितवन नारायणगढका एक दर्जज ब्यापारीले सो नाकाबाट तस्करी गरे बापत ठोरीको प्रहरीलाई महिनावारी रुपमा रकम बुझाउने गरेका छन् । सो नाकाबाट तस्करहरुले कपडा,चिनी, दाल, तेल, लगाएतका खाधान्न र रंग, हार्डवेयरका सामान, मोबाईल तथा ईलेक्ट्रीक सामानहरु तस्करी गर्ने गरेको श्रोतको दाबी छ । श्रोतका अनुसार नारायणगढको कमलनगरमा रहेका आदा दर्जन कपडा पसलले सोही बाटो हुँदै कपडा तस्करी गर्ने गर्दछन् । ठोरीमा रहेको छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेको फाईदा उठाउदै तस्करहरुले शसस्त्रसिमा सुरक्षा बलको ठोरी र माडी स्थित पोष्ट, नेपाल प्रहरीका आदा दर्जन चौकी र चितवन राष्ट्रिय निकुञ्जका आदा दर्जन पोष्टहरुको आखाँ छल्दै के तस्करी गर्न सम्भव छ ? मिलेमतो नगरिकन त्यस्तो सम्भव नहुने स्वंय ईमान्दार प्रहरीहरु नै बताउँछन् ।

आजको भण्डाफोर अभियानबाट सुर्य बराल