सहकारी सस्थाँहरुमा ब्यापक मात्रमा बिकृती !

नियामक निकाय किन गर्छन बेवास्ता ?


चितवन । सहकारी सस्थाँहरुमा ब्यापक मात्रमा बिकृती बढेको भएपनि सरकारको नियामक निकायहरुको बेवास्ता र गैह्र जिम्बेवारपनाको कारण बचतकर्ता तथा क्रृणी रहेका आम नागरिकहरु आर्थिक शोषणको दुश्चक्रमा परेका छन् । साथै कतिपय सहकारीहरुले बचतकर्ताहरुको बचतमाथी नै खेलवाड गरिहेको भएपनि त्यस्ता सहकारीहरुलाई नियन्त्रण गर्न ढिलाई हुँदा बचतकर्ताहरुको बचत रकम नै जोखिममा पर्ने खतरा उत्पन्न भएको छ । चितवनमा यस्ता दर्जनौं सहकारीहरुले सहकारीको सिद्धान्त बिपरित अबैध कारोबार गरिरहेको भएपनि नियामक निकायहरुको मुकर्दशकितालाई आम सर्बसाधरणले शंशयको दृष्टिले हेरिरहेका छन् ।
त्यस्तै, कतिपय सहकारीहरुले आफुखुसी सहकारी ऐनबिपरित नियमहरु बनाई सर्बसाधरणको ठगी गरिरहेका छन् । जिल्लामा यस्ता सहकारीको सँख्या उल्लेखनिय रहेको छ । यसैबिच कि सहकारीहरु एननियम बिपरित कार्य गरिरहेका छन्, तपाईहरु के हेरिबसिरहनुभएको छ भनि हामीले सोध्दा भरतपुर महानगरपालिकाको सहकारी अनुगमन प्रमुख राजेन्द्रमणी काफ्लेले सबैसहकारीहरु महानगर अन्र्तगत नरहेकोले कतिपय केन्द्र र प्रदेश मातहत भएकाले आफुहरुलाई अनुगमन गर्न कठिनाई भएको यधपी छिट्टै अनुगमन गरि गलत गर्नेहरुलाई कार्बाही गर्ने बताए । महानगरको एउटा सहकारीले आफ्नो कार्यक्षेत्र एउटा वडामा मात्र रहेपनि नारायणगढमा शाखा सञ्चालन गरि कारोबार गरेको बिषयमा कुरा राख्दा उनले छानबिन गरी तत्काल कार्यक्षेत्र मिच्ने उक्त सहकारीलाई आफ्नै कार्यक्षेत्रमा मात्र काम गर्न निर्देशन दिने बताए । स्मरण रहोस बिगतमा यसरी नै देशभरीका बचतकर्ताबाट रकम उठाएका ओरियण्टल सहकारीका सुधिर बस्नेतको कारण धेरै मानिसको जायजेथा गएको छ । त्यो बिषय अझै सल्टिन नसक्दा बेलाबेला सरकारको टाउको दुखाई भईरहेको छ । अत्ः गैंह्रकानुनी कार्य गर्नेहरुलाई अबिलम्ब नियन्त्रणमा लिईयोस र आम बचतकर्ताको रकमको सुरक्षा गरियोस ।