संरक्षणमा अझैं जोड दिईयोस । (सम्पादकीय)

भरतपुर महानगरमा सार्वजनिक जग्गा संरक्षणको काम केही मात्रामा अगाडी बढेको छ । भरतपुर महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान तथा व्यवस्थापन समिति नै बनाई केही गत् बर्षदेखि सार्बजनिक जग्गा खोजी गर्ने र संरक्षण गर्ने कार्यलाई प्राथमिक्तामा राखेको छ । महानगरपालिकाले बनाएको उक्क्त समितिले महानगरको प्रत्येक वडाको सार्वजनिक जग्गाको लगत संकलन गर्ने, नक्सांकन गर्ने, जीआईएस प्रविधि अपनाएर जग्गाको अवस्थाका बारेमा रेर्कड राख्ने कार्यलाई तिब्रता दिएसँगै सार्बजनिक जग्गाहरुको पहिचान र संरक्षण कार्य सजिलो भएको छ । यो कार्यमा स्वंय महानगरपालिकाकी प्रमुख रेणु दाहालले बिशेष जोड दिनुभएको छ । यो अत्यन्तै सह््रानिय र प्रशंसनिय कार्य हो । गत् सोमबार मात्र प्रमुख दाहालको समुपस्थितीमा महानगरको वडा नं. २ र १२ बाट १० कटठ १० धुर जग्गा संरक्षण गरिएको छ ।
महानगरपालिका भित्र अझै सयौं बिगाहा जग्गा जमिन रहेको बुझिन्छ । कतिपय पहुँचवाला ब्यक्तिहरुले रातारात सार्बजनिक जग्गा ब्यक्तिले अतिक्रमण गरी आफनो नाममा गर्ने क्रम भित्रभित्रै अगाडी बढिरहेको पनि सुनिन आएको छ । गणेस्थानबाट शुरु भएको पुङगी खोला आसपासमा बिघौं सार्बजनिक जग्गा रहेको तर उक्त जग्गा ब्यक्तिहरुले अतिक्रमण गरी रहेको जानकारहरु बताँउछन् । नारायणगढको लायन्सचोकमा रहेको एउटा ग्यारेज, पुङगी खोला सँगै रहेको राप्रापा नेता बिक्रम पाण्डेको कालिका कन्ट्रक्शन र नारायणगढका अन्य कतिपय प्रतिष्ठित ब्यबसायी र आफुलाई समाजसेवी भन्नेहरुले पनि सार्बजनिक जग्गा अतिक्रमण गरी घर टहरा बनाई भाडामा लगाएको समेत बुझिन आएको छ, यतातर्फ पनि महानगरको ध्यान जान जरुरी देखिन्छ । त्यस्तै नारायणी नदीछेउका जमिनहरु पनि केही जग्गादलालहरुले नम्बरी सँगै मिसाएर ओईलानी(सार्बजनिक)जग्गा पनि खण्डीकृत रुपमा बिक्रिबितरण गरेको चर्चा सुनिएको छ । यसतर्फ पनि महानगरको ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । महानगरको राप्ती नदीछेउ, बरण्डाभार जंगल छेउ, क्यारुङ्गखोला साथै अन्य साना खोला तथा खाल्सा छेउ र प्रत्येक वडामा सार्बजनिक जग्गा रहेको तर ति जग्गाहरुमा कतिपय पहँुचवालाहरुको अतिक्रमणमा रहेको पनि बुझिएको छ ।
तर्सथ महानगरले यस्ता जग्गाहरु खोजी गरी संरक्षण कार्यलाई तिब्रता दिईनुपर्दछ । देशमा नयाँ संबिधान र ऐन आएसँगै स्थानिय सरकार संचालन ऐनमा सार्वजनिक जग्गा संरक्षण गर्ने अधिकार स्थानिय तहलाई दिएका कारण पनि स्थानिय तहहरु महानगरपालिका, नगरपालिका र गाँउपालिकाहरुलाई आफ्नो क्षेत्रभित्रको सार्वजनिक जग्गा संरक्षण गर्न कानुनी रुपमा समेत सहज भएको छ । कानुनले नै ब्यबस्था गरिसकेको आम महत्व र चासो रहेको सार्बजनिक जग्गा संरक्षणको बिषयमा लाग्न कोही कसैको प्रभावमा पर्नुपर्ने कुनै कारण नै देखिदैन तर अझै कतिपय स्थानिय तहहरु भने आफ्नो क्षेत्रभित्रका सार्बजनिक जग्गा संरक्षणमा अन्योल रहेको देखिन्छ ।
भरतपुर महानगर सँगै जोडिएको नवलपुरको गैंडाकोट, देबचुली नगरपालिकामा सयौं बिगाहा सार्बजनिक जग्गा भुमाफियाहरुले कब्जा गरिराखेको भएपनि ति नगरपालिकाहरु अन्यौलतामा रहिरहेका छन् । त्यस्तै चितवनको खैरहनी, राप्ती, माडी नगरपालिका र ईच्छाकामना गाँउपलिकामा पनि बिघौं सार्बजनिक जग्गा अतिक्रमण भईरहेको बुझिएको छ । ति स्थानिय तहहरुले भरतपुर महानगरबाट सिक्नुपर्ने देखिन्छ । अत्ः स्थानिय तहहरुले आ आफ्नो क्षेत्रको सार्बजनिक जग्गाहरु आफै संरक्षणमा लाग्न अब ढिला गर्नु हुदैन । भरतपुर महानगरले पनि संरक्षणमा अझै जोड दिईयोस् ।  आजको भण्डाफोर अभियानबाट