सार्वजनिक जग्गा संरक्षणमा मेयर दाहालको अग्रसरता

भरतपुरमा एकैदिन दश कठ्ठा बढी जग्गा महानगर मातहत आयो ।


चितवन । राजधानी काठमाण्डौं लगाएत देशका मुख्य शहरी क्षेत्रमा भुमाफियाहरुले सार्वजनिक जग्गा हडप्ने क्रम बढीरहेको भएपनि भरतपुरमा भने सार्वजनिक जग्गा संरक्षणमा मेयर आफै अग्रसर भएकी छन् । एक बर्षदेखि महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियान निरन्तर संचालन गरेको छ । सार्वजनिक जग्गा खोज्ने कार्यमा महानगरपालिकाका प्रमुख रेणु दाहाल आफै दिनरात खटिएकी छन् ।
गत् सोमबार मात्रै भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरस्थित पुङगी खोलासंगै जोडिएको ६ कठ्ठा १० धुर जग्गा महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । स्थानिय भिमलाल प्रधानले २०३५ सालदेखि भोगचलन गर्दै आएको उक्त सार्वजनिक जग्गा मेयर दाहालको समुपस्थितीमा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
महानगरपालिकाकी प्रमुख रेनु दाहाल, प्रवक्ता अरुण पिडित भण्डारी, वडा नम्बर २ का वडाध्यक्ष पूर्ण बहादुर श्रेष्ठ, सार्वजनिक जग्गा पहिचान तथा व्यवस्थापन समितिका प्रतिनिधि ,पत्रकार लगाएतको उपस्थितिमा सो जग्गा हस्तान्तरण गरिएको हो ।
त्यस्तै सोमबार नै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा संरक्षित ४ कठ्ठा जग्गामा भरतपुर महानगरले आफ्नो बोर्ड गाडेको छ । स्थानिय सरकार संचालन ऐनमा सार्वजनिक जग्गा संरक्षण गर्ने अधिकार स्थानिय तहलाई दिएका कारण महानगर भित्रका सार्वजनिक जग्गा संरक्षणमा जुटेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताइन् । उनले महानगर भित्रका सम्पूर्ण सार्वजकि जग्गा महानगर मातहत ल्याएरै छाड्ने बताईन ।
भरतपुर महानगर क्षेत्रभित्रको प्रत्येक वडाको सार्वजनिक जग्गाको लगत संकलन गर्ने, नक्सांकन गर्ने, जीआईएस प्रविधि अपनाएर जग्गाको अवस्थाका बारेमा रेर्कड राखिने भरतपुर महानगरपालिकाका प्रवक्ता एवंम सार्वजनिक जग्गा पहिचान तथा व्यवस्थापन समितिका संयोजक अरुण पिडित भण्डारीले जानकारी दिए । स्मरण रहोस यसअघि नै महानगरपालिकाले सयौं बिगाहा सार्वजनिक जग्गा महानगर मातहत ल्याईसकेको छ ।  आजको भण्डाफोर अभियानबाट