सडक सुरक्षा सप्ताह २०७६ भब्य बन्दैं


चितवन । सडक दुर्घटना न्यूनीकरण गर्ने उध्येश्य सहित चितवनमा शुरु गरिएको सडक सुरक्षा सप्ताह २०७६ भब्य रुपमा सफल बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गत् सोमबारदेखि शुरु गरेको सडक सुरक्षा सप्ताह २०७६ को पहिलो दिन नारायणगढको पुल्चोकदेखि चौबिस कोठीसम्म सडक सरसफाई कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख सुसिल सिंह राठोर लगाएत सयौंको सख्ँयामा सहभागिता रहेको थियो । सो कार्यक्रमको शुभारम्भ गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उक्त सप्ताह कार्यक्रमले सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्नेमा जोड दिएकी छन् ।
सडक सुरक्षा सप्ताह कार्यक्रम अन्र्तगत २४ गते मंगलबार दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना ¥याली निकालिएको छ । प्रेमबस्ती मा.बि का २०० बिधार्थीको सहभागितामा नारायणगढको शहिदचोकदेखि चौबिसकाठीसम्मका पसल पसलका ब्यबसायी र बटुवाहरुलाई पर्चा पम्पलेट बाँडदै सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर ठकुरीले जानकारी दिए ।
त्यस्तै २४ गते मंगलबार नै वडा नं. ४ का टोल सुधार समितीका ३०० भन्दा बढी सदस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिईएको, त्यसैगरी सडक डिभिजनको हलमा ५०० निजामती कर्मचारीहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिईएको प्रहरी नायब निरीक्षक ठकुरीले बताए ।
त्यस्तै सोही कार्यक्रम अन्र्तगत २५ गते स्कुल कलेज सम्पर्क कार्यक्रम र सवारी चालक तथा परिचालकको स्वास्थ्य प्रशिक्षण, २६ गतेदेखि २८ गतेसम्म वडास्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया, २८ गते दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन र २९ गते समापन गरिने जिल्ला ट्राफिक कार्यलयले जनाएको छ ।
आजको भण्डाफोर अभियानबाट