सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२४ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०७६र७७ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुको हो हला र बिरोधका बाबजुद अत्याधिक बहुमतले नीति तथा कार्यक्रम पास भएको छ ।
नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रम को विपक्षमा मत दिए ।

नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, राजपालगायतका दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंंगलबार गरी तीन दिन छलफल भएको थियो ।
नीति तथा कार्यक्रम पारित भएपछि संसद बैठक ३ दिनका लागि स्थगित गरिएको छ ।