वावुरामको वर्हिगमले उव्जाएका प्रश्न 

अन्ततः आशावादी नेता वावुराम भट्टराईको विश्वास जनमानस वाट गुम्दै गएको छ । उदयीमान नक्षत्रको रुपमा स्थापित नेताका रुपमा देश र विदेशमा समेत छवि वनाएका पुर्व प्रधानमन्त्री एवं तत्कालिन माओवादीका एक निडर नेता समयको चक्र सँगै विलिन तर्फ उन्मुख वन्ने तर्फ लागेका छन् । समाज र देश परिवर्तनका खातिर सत्रौ हजारको वलिदानी, कयौ विस्थापित, अंगभंग वनाएर सुरक्षित अवतरणलाई नै जीवन देख्ने लोभलालसामा पुग्नु भएको डा. वावुराम भट्टराईको फोरम नेपाल सँगको एकता सँगसँगै वचेखुचेको छवि पनि धुमिल वन्न पुगेको छ । पात्र मात्र होईन, व्यवस्था नै परिवर्तनले मात्र जनता र देश परिवर्तन गर्न सकिन्छ भनेर लामो समय जनयुद्धमा होमेर हजारैको विचल्ली वनाएका वावुराम अहिले शक्ति आर्जनका लागी फोरमको वैशाखी टेक्न पुगेको छ । यो सँगसँगै वावुरामको त्यो विद्धता, त्यो दृष्टिकोण त केवल क्षणिक र सत्ता प्राप्तिका लागी मात्र रहेछ भन्ने पुष्टि हुदै गएको छ । लामो समयसम्म व्यवस्था परिवर्तनका लागी लडेका वावुराममा यति चाडै वैचारिक विचलनले प्रवेश गर्ला भन्ने नसोचेका आम जनता भट्टराईको फोरम सँगको पार्टी एकता पछि वास्तविक कमजोर धरातलको प्रतिकका रुपमा वुझेका छन् ।

;ª3Lo ;dfhjfbL kmf]/d, g]kfn / gofF zlQm kf6L{ g]kfnaLr PsLs/0fkl5 ;f]daf/ cfof]lht 3f]if0ff ;df/f]xdf xft p7fpFb} cWoIfåo 8f=afa’/fd e66/fO{ ,pk]Gb| ofbj nufot g]tfx? . t:jL/ Mk|bLk/fh jGt,/f;;

वावुराम भट्टराईमा यति धेरै वैचारिक विचलन किन आयो ? आखिर वावुराम को वाट परिचालित थिए र कहाँ गएर स्वखलित भए ? राजनैतिक विचार र वहस गर्नु आवश्यक छ । साम्यवादको नक्साकंन कोरेर जनयुद्धमा होमिएको वावुराम नवसामन्तवाद, विखण्डनवादमा गएर कसरी फस्न पुग्यो ? हिजो जनयुद्ध शुरु गर्न भन्दा अगाडी देखेको नेपालको त्यो दिशा अहिले आएर कति पुरा भयो ? समयको चक्र सँगै वावुरामले अवश्य जवाफ दिनुनै पर्नेछ । देशमा विकास, व्यवस्था परिवर्तन मार्फत जनतामा समृद्धिको सपना देखाएका वावुराम राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नेता हुदै क्षेत्रिय नेतामा विर्सजन हुन पुग्नु आम जनता र राजनैतिकर्मी का लागी चासो को विषय वनेको छ । जनयुद्धकालमा नेतृत्वमा रहेर राजसंस्थालाई वर्हिगमन गर्न वाध्य वनाउने ल्याकत राख्ने नेतृत्वकर्ता वावुराम नयाँ शक्ति पार्टीको गठन सँगै विसर्जन उन्मुख वन्र्दै फोरम नेपालसँगको एकता पछि सडकमा हराउन पुग्यो । हिजो जनयुद्ध र शान्ति प्रक्रिया सम्म महत्वपुर्ण भुमिका खेल्न सक्ने वावुराम आजको अवस्था सम्म आईपुग्दा ढल्कदो उमेरको त्यो सोच हो वा कमजोर मानसिकताका कारण जनताको नजरमा नाङ्गिन पुग्यो । वावुराम भट्टराईको यो जीवनी नयाँ पीढीका लागी अध्ययन र खोजका विषय वन्ने नै छ ।
जनयुद्ध को सफल अवतरण मार्फत देशलाई शान्ति प्रक्रियमा ल्याउन महत्वपुर्ण भुमिका खेलेको र संघिय गणतन्त्रको मुख्य नायकका रुपमा ईतिहासमा दर्ज भएका वावुरामको यो पतनोन्मुख मार्ग यति चाडै होला भन्ने आम मानिसको कल्पना भन्दा वाहिरको सोच थियो । जनयुद्धको सफल अवतरण पाश्चात शान्ति प्रक्रियामार्फत देशमा विकास र परिवर्तन गर्न सकिन्छ भन्ने सोचका साथ संविधान सभामार्फत संविधान वनाउने एक हस्ति वावुराम भट्टराईको भोलिका वाटो के होला, व्यग्रतामा आम जनता वसिरहेका छन् । शान्ति प्रक्रिया मार्फत देशमा तत्कालिन माओवादीको उपादेयता सकिएको वताउने वावराम नयाँ शक्ति पार्टी खोलेर देशलाई डोरयाउन सकिने जुन संकल्पका साथ तत्कालिन माओवादी वाट वाहिरियो, त्यो सँगै वावुरामको पतन भएको यथार्थतालाई वुझनुपर्दछ । त्यति धेरै योगदान दिएर व्यवस्था नै परिवर्तन गर्न र जनताको संविधान सभावाट संविधान वनिसकेपछि तत्कालिन माओवादीको कार्यभार र उपादेयता सकियो भनेर नयाँ शक्ति पार्टीको गठन गर्नु नै वावुरामको पतनको मार्गदिशा रहेको थियो । कुनै पनि पार्टीको योगदान र तपश्या वाट सम्भव भएको व्यवस्थालाई निष्कर्षमा नपुरयाई छोड्नु नै वावुरामका लागी घातक वनिदियो । जुन वर्तमानले पनि पुष्टि गरेको छ ।
शान्ति प्रक्रियाको अगुवा, जनयुद्धको अभियन्ता, र तत्कालिन माओवादी पार्टीको तर्फवाट देशका प्रधानमन्त्री समेत वनिसकेका वावुरामको विद्धतामा कसरी विर्को लाग्यो ? आफुले जन्माएको दावी गर्ने गणतन्त्रलाई हुर्काउन र वढाउन छाडेर नयाँ घरवार जोडेका वावुराम नयाँ शक्ति को गठनवाट नै ओरालोउन्मुख लागेको यथार्थतालाई नकार्न सकिदैन । गणतन्त्रको संस्थागत विकास र त्यसको परिधि, क्षेत्राधिकार र त्यसवाट हुने सकारात्मक उपलव्धिलाई जनतामा लैजाने वेलामा नयाँ शक्तिको गठन र अहिले फोरम सँगको एकताले जनतामा नेता र नेतृत्व मात्र होईन स्वयं वावुराम भट्टराईको साख धुमिल वनाईदियो । जुन आम जनताको सोच वाहिरको घटना वनिदियो ।
साँच्चै मानव जाति समयको वन्धक हो । समय र वढ्दो उमेर सँग वावुराम भट्टराईको ईच्छाशक्ति समेत घटेर गयो । जुन मानविय मुल्य मान्यताको एउटा घोतक हो । वावुराम पनि अछुतो रहन सकेन । नयाँ नेपालका निर्माणका लागी हतियार समेत उठाएर देशलाई शान्ति प्रक्रियामार्फत जनता मार्फत जनताको संघिय लोकतान्त्रिक संविधान निर्माण गरेका वावुराम भट्टराई शक्ति र सत्ताका लागी क्षेत्रिय दल फोरम सँगको एकताले उनमा थकान र रुझानको अनुभुति पाउन सकिन्छ । तर यति छिट्टै वावुराम भट्टराईको साख धुमिल होला भन्ने नेपाली जनताले मात्र होईन अन्र्तराष्ट्रिय जमातले पनि सोच्न सकेका थिएनन । जुन वावुरामले चाडै नै पुरा गरेर देखाईदिए ।
विश्वका ईतिहासलाई केलाउने हो भने धेरै आन्दोलन र उपलब्धिहरु विसर्जनमा लगेर टुङ्किएको पाईन्छ । नेपालका राजनितिको ईतिहासमा पनि वावुराम पनि त्यहि पंक्तिमा उभिन पुग्यो । जुन आम जनताको कल्पना वाहिरको विषय थियो । नयाँ शक्तिको गठन पाश्चात जनतामा गएर चुनावमा होमिएको वावुराम भट्टराईको प्रतिनिधिसभा मा एक सिट र अन्य तहमा समेत नगण्य उपस्थिती शिवाय केहि हुन सकेन । छाडेर आएको तत्कालिन माओवादी पार्टीमा जानै नसक्ने तहमा पुगेका वावुराम उपेन्द्र यादवको पार्टी एकता सँगै संसदको तेश्रो ठुलो दल वन्न पुगेको छ । त्यहि शक्तिमा रहेर केहि समय शक्ति र सत्तामा पुग्न सक्ने आश गरेका वावुराम फोरम सगको एकता पनि लामो समय शक्ति आर्जनका लागी सहज वन्न कदापी सक्ने छैन । यो कुरा वावुराम जस्तो विद्धताले वुझन सकेनन । जुन उनका दुर्भाग्य हो । कतै वाट पनि शक्ति र सत्तामा पुग्ने अस्त्र देख्न नसकेका वावुराम फोरमको वैशाखीमा राजनिती गर्न सकिन्छ भन्ने सोच उसको कमजोर मानसिकताको घोतक शिवाय अन्य केहि होईन । शक्ति र सत्ताका चास्नी नै राजनिती हो भन्ने वुझेका नेपाली जनताले वावुरामको आगमन र वर्हिगमन पनि त्यसैको सुचक हो भन्ने वनिदियो ।
लामो समय सम्म उर्वर सोच, उमेर सर्मपण गरेका वावुरामको प्रस्थान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिवाय अन्य वन्न सक्दैनथ्यो । तर त्यो वावुराम जस्तो दुरदृष्टि र विद्धानले सोच्न सकेन । प्रचण्डसँगको टकरावले जनताका नजरवाट गिरेका वावुराम अवका दिनमा राजनितीवाट कदापी माथी उठ्न सक्दैन । व्यक्ति होईन पार्टी ठुलो हो भन्ने विषय वारम्वार उठाएका वावुरामको वाटोले नेपालका राजनिती थप दुषित वनाएको छ । क्षेत्रिय दल फोरम सँगको एकताले वावुरामलाई केहि दिन, महिना र समयमात्र राहत दिएता पनि वावुराम भट्टराई पुन पछुताउनुको विकल्प छैन । जुन समयले छिट्टै देखाउनेछ । वावुराम ले भन्दै आएको नयाँ नेपालको निर्माण अव कहाँ पुग्ला ? पेचिलो प्रश्न तेर्सिएको छ ।
वक्स १
लामो समय सम्म उर्वर सोच, उमेर सर्मपण गरेका वावुरामको प्रस्थान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिवाय अन्य वन्न सक्दैनथ्यो । तर त्यो वावुराम जस्तो दुरदृष्टि र विद्धानले सोच्न सकेन । क्षेत्रिय दल फोरम सँगको एकताले वावुरामलाई केहि दिन, महिना र समय राहत दिएता पनि वावुराम भट्टराई पुन पछुताउनुको विकल्प छैन । वावुराम ले भन्दै आएको नयाँ नेपालको निर्माण अव कहाँ पुग्ला ? पेचिलो प्रश्न तेर्सिएको छ ।

वक्स २
कतै वाट पनि शक्ति र सत्तामा पुग्ने अस्त्र देख्न नसकेका वावुराम फोरमको वैशाखीमा राजनिती गर्न सकिन्छ भन्ने सोच उसको कमजोर मानसिकताको घोतक शिवाय अन्य केहि होईन । जनयुद्ध को सफल अवतरण मार्फत देशलाई शान्ति प्रक्रियमा ल्याउन महत्वपुर्ण भुमिका खेलेको र संघिय गणतन्त्रको मुख्य नायकका रुपमा ईतिहासमा दर्ज भएका वावुरामको यो पतनोन्मुख मार्ग यति चाडै होला भन्ने आम मानिसको कल्पना पनि गरेका थिएनन् ।