आत्मानुभुति नयाँ सोचको !


मातृवत्सल्यको त्यो अनुपमता, प्रकृतिको त्यो माधुर्यतामा रमाउन सोच्ने त्यो वालसुधा मस्तिष्क, जव धर्तिमा अवतरणको त्यो पहिलो पाईला स्वखलित हुन्छ ।               ह्दयको त्यो कमोलतामा भएको त्यो ज्वारभाटाको सम्वोधन सहज हुदैन, व्यक्तिगत जीवन पुर्तिका लागी गरिने कर्म भन्दा नविनतम कार्यका लागी खर्चिने हरुको जीवन कष्टकर हुने गर्दछ । जुन हामीले ईतिहासमा पनि भोगेका छौ । यहि समृद्धता र नयाँपनका लागी, सवैका मुक्ति र सहजताका लागी सोच्ने त्यो दृस्साहस र आँट सायदै कमैले गर्लान ।

तव जीवनको शुरुवात हुन्छ, मातृवत्सल्यको त्यो अनुपम रमणीय सवैको समान भएता पनि जव धर्तिमा अवतरण हुन्छ तव शुरु हुन्छ, दायित्व, कर्तव्यवोध । त्यहि जिम्मेवारी, दायित्व र कर्तव्यवोधको आभास वालसुधा मस्तिष्कमा नभएता पनि हुर्कने र वढ्ने सँगसँगै फर्किको त्यो जिम्मेवारीताले त्यो सकुमोल सोचलाई वयस्क वनाईदिन्छ । सृष्टिको त्यो निरन्तरतासँगै फक्रेको, फुलेको र किचेको जीवनको आभासले व्यक्तिगत, सामाजिक, राष्ट्रिय भावनाको विकास हुदै जान्छ । यहि परिचक्रमा उव्जिएको भावावेशले सोचको त्यो सकारात्मकतालाई आलिगन गर्न खोेजेमा, व्यक्तिगत लिप्तताले जरा गाड्न सक्दैन भने हरेकलाई व्यक्तिगत कृष्ठा र आत्मामनोगत एकाकंी सोचको विकास भयो भने त्यो शुद्ध व्यक्तिगत जीवनको एउटा अंश अथवा सृष्टिको निरन्तरता मात्र वन्न पुग्दछ । आम मानविय जीवन यहि एकाकीं, स्वार्थले ओतपोत र कमजोर मानसिकताको त्यो चास्नीमा चुमेर फगत जीवन यापनमा वित्दछ र सृष्टिको समान्य चक्रमा रमित वन्दछ । अधिंकाशको समान्य जीवनको परिभाषा नै यहि हुन आउँछ । जुन हामीले यापन गरेको चक्र हो ।
वालसुधामा ग्रहण गरेको त्यो मस्तिष्क प्रभावले जीवनको गोरेटे कोर्न महत्वपुर्ण भुमिका खेल्दछ । सामाजिक तथा पारिवारिक पृष्टभुमिका वीचमा उर्विरिएको त्यो कंचन मस्तिष्कमा कोरिएको रेखा नै जीवनयापनको मुख्य सुत्रधार वन्दछ । सकारात्मक सोचमा जव नकारात्मक सोच हावी हुन पुग्दछ, त्यसपछि जीवन व्यक्तिगत वन्दछ । व्यक्तिगत सोचको विकास समान्य हुन्छ नकि अलौकिक । तर आम जीवनमा आउने सोचमा गरिने मनव्ययी सोच महत्वपुर्ण हुन आउँछ । त्यहि सोचको विकासको प्रतिफल नै जीवनको आधार वन्दछ । सोचको त्यो विविधता र असामान्य गतिविधि शारिरक तथा मानसिक रुपमा जटिल हुन्छ, त्यसको सामना सहज हुदैन, त्यसैले आम मानवीय प्रवृक्तिले त्यो सोचलाई अगिंकार गर्न सक्दैन र आम रुपमा जीवन नै रोज्दछन् । त्यहि जीवन नै चुनौतीपुर्ण, कष्टकर, जटिल हुदैन । सजिलो वाटो हिड्ने आम प्रवृत्ति नै हावी वनिदिन्छ ।
चुनौतीयुक्त वाटोको सामना गर्नु समान्य सोच, हिम्मत र आँटले हुदैन । तर त्यहि वाटो नै समग्रतामा समाज, देश र जनताका लागी जीउने कडि वनिदिन्छ । संसार नै केहि व्यक्तिको त्यो चुनौतीयुक्त, कष्टकर सोचका कारण चलिरहेको यर्थाथ हो । अन्य अनुयायीहरु त त्यसको निरन्तरतामात्र हुन, जसले कष्टपुर्ण जीवन रोज्ने हिम्मत गर्न सक्दैनन । सोच र त्यसको कार्यन्वयनमा आउने अर्को समस्याका वीचमा गुज्रिएको मानविय प्रवृत्तिले अर्को नकारात्मक भावको विकास गरेको हुन्छ । क्षितिजको त्यो कल्पनामा रम्न खोज्ने आत्माका लागी सोचको त्यो पर्खाललाई डगमागउन किचिंत दिनु हुदैन । व्यक्तिको प्रवृक्तिमा आउने हसमा आउने व्यापकता नै स्वखलित हुने मुख्य आधार हो । यहि परिदृश्को समागमतामा उभिएर देखिने दृश्य नै अहिलेको वास्तविक धरातल हो । जुन समान्य हो ।
रहरको त्यो चाङ्गलाई समयमा व्यवस्थान गर्न नसक्दा आईपर्ने समस्या नै जीवन व्यक्तिगत वनाउने मुख्य हतियार हो । कल्पना, रहर, लोभ, लालच र ईश्र्या जीवन व्यक्तिगत गराउने मुख्य तत्व हुन् । जुन आम व्यक्तिको रोजाईमा पर्दछ । सोचको तरलता र तरंगित मस्तिष्कमा खेल्ने यी ज्वाराभाटले जीवनको यथार्थता वुझाई र भोगाई वुझन दिदैन । सर्वथा वाहेक स्वर्थता केन्द्रित प्रवृत्तिले जरा गाड्न थाल्दछ, परिवारमात्र सर्वेसर्वा लाग्दछ । यहि पारिवारिक सर्वथालाई नै जीवन सोच्ने कमजोर धरातल भएका हरु सृष्टिका निरन्तरताका सुचकांक हुन् । त्यस्तो सोच भएका जीवनले आफनो कार्यवधि भरि नविनतम कार्य र समाजमा योगदान गर्न कदापी सक्दैनन ।
ह्दयको त्यो कमोलतामा भएको त्यो ज्वारभाटाको सम्वोधन सहज हुदैन, व्यक्तिगत जीवन पुर्तिका लागी गरिने कर्म भन्दा नविनतम कार्यका लागी खर्चिने हरुको जीवन कष्टकर हुने गर्दछ । जुन हामीले ईतिहासमा पनि भोगेका छौ । यहि समृद्धता र नयाँपनका लागी, सवैका मुक्ति र सहजताका लागी सोच्ने त्यो दृस्साहस र आँट सायदै कमैले गर्लान । यहि पेरिफेरिमा गुज्रिएको सृष्टिको निरन्तरतामा मात्र फस्न लागिसकेको यो सोचलाई सार्वजनिक हितका लागी उपयोग गर्न सहज छैन । मुक्तिका लागी गरिने कर्मका लागी आम सोच र जीवन खान र रमाउनका लागी मात्र हो भन्ने हरुवाट कदापी सम्भव छैन । अमुल्यताको यो विशाल कडिमा आफुलाई कसी लगाउन भरमग्दुर प्रयास सानो सोचवाट प्राप्त गर्न सकिदैन । यद्यापी यो समाज, देश निर्माण गर्ने दायित्य मेरो पनि हो भन्ने सोच्नेहरुका लागी कहि न कहि कुनै न कुनै पक्षवाट भरपुर मात्रामा लागिरहने हो भने त्यो अदम्य साहसले अवश्य पनि पुर्णता पाउनेछ । जुन सर्वसरोकारका विषय वन्दछ ।