फोहोर व्यवस्थापनको लापरबाही हटाऊ । 


चितवनको भरतपुरलाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने भनिएको छ । यो असाध्यै राम्रो कुरा हो । जुन कुरा पुरा गर्न फोहर ब्यबस्थापन मुख्य कुरा हो । तर महानगरको बजार क्षेत्रमा यत्र तत्र सबत्र फोहरै फोहरले भरिएको छ । जिल्लाकै मुख्य ब्यापारिक केन्द्र नारायणगढको मुटु शहिदचोक लगाएतका स्थानमा ढल नल गनाएर बसिसक्नु छैन । नाला बनाउन जिम्मा पाएको ठेकेदारले भएको संरचना भत्काई नयाँ बनाउन ढिला गर्दा स्थानिय ब्यापारीको साथै बजार किनमेल गर्न आउने सर्बसाधरण नालाको दुषित गन्ध सहन गर्न बाध्य छन् । यस बिषयमा महानगरले आम मानिसको जनस्वास्थ्यमा खासै चासो नदिएको हो की भन्ने आम स्थानियलाई आभास भईरहेको छ । त्यस्तै बजारकै लकुंखोलालाई आधार बनाएर भैसी, बंगुर को मासु काट्ने बुचरहरुले समेत यत्रतत्र फोहर गरिरहेका छन् । महानगरका केही कर्मचारीले ति बुचरहरुसँग रकम लिई त्यस्तो फोहर गर्न दिएको भन्ने आम गुनासो छ । त्यस्तै बजार क्षेत्रका साथै बसपार्क र नारायणी लिफ्ट सिंचाई नहरमा पनि फोहर फालिएको छ । महानगर मुकर्दशक बनेर बसिरहेको छ । त्यस्तै, भरतपुरका अस्पतालहरुले पनि अझै मनलाग्दी फोहर फलिरहेका छन् । मानव स्वास्थ्यका लागि निकै घातक मानिने अस्पतालबाट निस्कने केमोजन्य फोहोर समेत खुल्ला जमिनमा फालिएका छन् । जस्को कारण क्यान्सर फैलिन सक्ने अधिक खतरा बढाईरहेको छ । उसो त् महानगर स्वंय समेत फाहर ब्यबस्थापनमा कम्जोर देखिन्छ । महानगरको ढल र फोहर बर्षौबाट बिना प्रशोधन सिधै नारायणीमा मिसाईएको छ । अनि यस्ता कुरामा पुरै आखाँ चिम्लिएर नारायणी नदीको बगरमा दुईचारवटा पलाष्टिक टिपी सेल्फी हान्दै फोहर ब्यबस्थापनको नाटक गरेर के नै हुने हो र ? यस बिषयमा महानगर गम्भिर नै देखिदैन् । सरोकारवालाहरु पनि शक्तिको भक्ति गर्नमै तल्लीन देखिन्छन् । यसरी फोहर ब्यबस्थापनमा लापारबाही कहिलेसम्म ? यर्सथ जनताको मतबाट चुनिएर आएका जनप्रतिनीधीहरु गम्भिर बन्नुपर्ने बेला आईसकेको छ । अब ढिला नगरिकन फोहरको समुचित र बैज्ञानिक ब्यबस्थापनमा लाग्नुपर्दछ । अत्ः महानगरपलिका र सरोकारवाहरु जागरुक होऊ, फोहोर व्यवस्थापनमा देखिएको कम्जोरी र लापरबाही यथाशिघ्र हटाऊ ।
भण्डाफोर अभियानबाट