लाखौं ठगी गर्ने यि महिलालाई समाउन प्रहरी किन असफल ?

प्रहरीले वेवास्ता गरेको पिडितहरुको गुनासो

बैशाख ११, चितवन । यि महिला कोपिला बस्ताकोटी, जस्ले चितवन, नवलपुर र काठमाडौ लगाएतका जिल्लाका ग्रामिण महिला दिदी बहिनीहरुलाई वित्तिय सँस्थाको नाममा लगानी गर्ने भन्दै लाखौंलाख ठगी गरेर फरार भएकी छन् । यिनका विरुद्ध महिलाहरुले चितवन जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएको पनि एकबर्ष भन्दा बढी भईसक्यो तर पनि प्रहरीले यी ठग महिलालाई अझै पक्राउ गर्न सकेको छैन् ।

भरतपुर महानगरपालिकाको विभिन्न वडामा वित्तिय संस्थाको कारोबार गर्ने नाममा महिलाहरु ठगिएको करिब डेढ बर्ष भईसकेको छ । ठगिएका पिडित महिलाहरुले चितवन प्रहरीमा उजुरी दिएको पनि लामो समय भईसक्यो तर पनि ठगि गर्ने कोपिला बास्ताकोटी र उनका श्रीमान पदम बास्ताकोटी अझै पक्राउ परेका छैनन् । यी ठगहरुलाई पक्राउ गर्न चितवन प्रहरीले चासो नदिएको पिडीतहरुको गुनासो छ । ठगलाई पक्रन प्रहरीले खासै वास्ता गरेको छैन । हामीले तत्कालिन एसपी दिपक थापालाई भेटेरै भन्यौ नयाँ एसपी आएको पनि एकबर्ष भईसक्न लाग्यो तर हाम्रो फाईल नै हराएको हो वा बेवास्ता गरिएको हो एक पिडितले भनिन् ।

बस्ताकोटी दम्पतिबाट कसरी ठगिए महिलाहरु ?

गत ०७४ पौष २८ गतेको चितवनको एक दैनिक पत्रिकामा (नम ः शिवाय वित्तिय संस्था लि.)मा कर्मचारी आवश्कयताको माग सहितको विज्ञापन छापियो । त्यही विज्ञापनलाई हेर्दै त्यसमा रहेको नाम कल्पना बास्ताकोटी र पदमराज बास्ताकोटी को मोबाईल ९८६९३१९४५६७, ९८६९८१८८७७ नंं दिइएको थियो । भरतपपुर १५ की बेरोजगार राधिका न्यौपाने र मनमाया गुरुड्ड जागिरको लागि विज्ञापनमा दिएको नंं मा कल गरी बास्ताकोटीको सम्पर्कमा पुग्छन् । त्यस्तै बासताकोटीद्धयले पश्चिम चितवनका विभिन्न गाउँमा समूहहरु गठन गर्दै आफूहरुको वित्तीय संस्थाले कम ब्याजमा रु २ लाख सम्म ऋण दिने भन्दै त्यसको लागि सदस्यता शुल्क रु ११०० र ऋण खाने सदस्यले थप २००००।– जम्मा गर्नुपर्छ भन्दै गाउँघरका महिलाहरुलाई ललाई फकाई रकम जम्मा गर्ने अभियान शुरु गर्दछन् । करिब १ हप्ता भित्र उनिहरुले विभिन्न समूहमा ६० जना भन्दा बढि महिलाहरुबाट करिब दश लाख रुपैया संकलन गरी फरार हुन पुग्दछन् । जब बास्ताकोटीद्धय ठग भएको महिलाहरुले थाहा पाउँछन् । त्यतिबेलासम्म उनिहरु चितवनबाट सम्पर्क विहिन अवस्थामा पुग्छन् । ठगिएका महिलाहरुको तफर्बबाट राधिका न्यौपाने र मनमाया गुरुड्डले ०७४ माघ १० गते जिल्ला प्रशासन कार्यालयमा ठग महिलाहरुलाई पक्राउ गरि ठगिएको रकम फिर्ता सहितको निवेदन दिएको पिडीत महिलाहरु बताँउछन । निवेदन पर्नासाथ जिल्ला प्रशासन कार्यालय चितवनले ०७४ माघ १४ गते नै ठगद्धय पदमराज बास्तोकोटी र कोपिला बास्ताकोटीलाई पक्राउ गरी प्रशासनमा उपस्थित गराउन जिल्ला प्रहरीलाई आदेश दिन्छ । प्रशासनको पत्र अनुसार प्रहरीले निज ठगहरुको खोजी कार्य अगाडि बढाउँछ । शुरुमा पिडितहरु सँग कुराकानी गर्दै चितवनका एसपी दिपक थापाले ठगहरुलाई पक्राउ गरि छाड्ने आश्वासन दिएको भएपनि जिल्लाबाट उनको सरुवासँगै प्रहरीले आफुहरुको निवेदनलाई बेवास्ता गरेको पिडीत महिलाहरुले गुनासो गरेका छन् । यति लामो समय भईसक्दा पनि ठगहरु लाई प्रहरीले पक्राउ गर्न नसक्दा एकातिर पिडीत महिलाहरुको प्रहरी प्रशासनप्रतिको बिश्वास कम्जोर हुँदै गईरहेको छ भने अर्कोतर्फ ठगहरु खुलेआम अरु धेरै ठाँमा यसरी नै लुटदै र ठग्दै हिडिरहेका छन् । यसर्थ यस्ता ठगी गर्ने गिरोहहरुलाई तत्काल पक्राउ गरी कार्बाही गर्न हामी जनताको तर्फबाट प्रहरी प्रशासनलाई जोडदार अपिल गर्दर्छौ । भण्डाफोर अभियानबाट