अमेरिकामा प्रचण्डलाई राजकीय सम्मान

काठमाडौं/पत्नी सिता दाहालको उपचारका क्रममा अमेरिका भ्रमणमा रहेका नेकपाका अध्यक्ष प्रचण्डलाई अमेरिकाले भब्य स्वागत सहित राजकिय सम्मान प्रदान गरेको छ । संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर समेत जारी गरिसकेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो ।

अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वहरुका लागि पनि यो सर्कुलर जारी गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी लगायतको भ्रमणका क्रममा पनि अमेरिकाले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको थियो । अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउनका लागि बाटो खोल्ने गर्दछ ।

अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डीबेरीले उनको निवासमै पुगेर भेटवार्ता गरेकी थिइन् । सो भेटवार्ताका क्रममा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको थियो । प्रचण्डले अमेरिकामा त्याहाँका बिशिष्ट ब्यक्तिहरुसँग समेत भेटबार्ता गरेका छन् ।