तेस्रो वातावरण मैत्री खुल्ला राइनो कप भलिबलको उपाधी  होटेल न्यु जंकाभेटको पोल्टामा

होली पर्वको अवसर पारेर पश्चिम चितवनको चम्पानगरमा हिमाल युवा क्लब भरतपुर १३ चम्पानगरको आयोजनामा ‘तेस्रो वातावरण मैत्री खुल्ला राइनो कप भलिबल प्रतियोगिता’को उपाधी न्यु होटल जम्काभेटले कब्जा गरेको छ। आज भएको फाइनल खेलमा न्यु होटल जम्काभेटले काली बहादुर गणलाई पराजित गरेको हो।

  समापन कार्यक्रममा प्रमुख अथितिको आतिथ्य ग्रहण गर्नुभएको भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले खेलकुद ‘स्वास्थको लागि अपरिहार्य रहेको र स्वस्थ रहनको लागि खेलकुद आवस्यक रहेको’ जस्ता कुराहरु बताउनु भएको थियो भने कार्यक्रमको अध्यक्षता क्लबको अध्यक्ष केशव देवकोटाले  गर्नु भएको थियो। त्यसै गरि विशिष्ट अतिथिमा भरपुर महानगरपालिका वडा न. १३ को अध्यक्ष हुनुहुन्थ्यो।

राष्ट्रिय खेलको रुपमा घोषित भलिबल खेलमार्फत यसको विकास, राष्ट्रिय खेलाडी उत्पादन, वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा स्थानीय पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागीता रहेको थियो। प्रतियोगितामा चितवनसहित नवलपुर, लम्जुङ्ग र तनहुँ जिल्लाका समूहको सहभागिता थियो। प्रतियोगीताको बिजेता टिम नारायणगढको सङम रोड स्थित न्यु होटल जम्काभेट्ले नगद रु ५१ हजार, दोस्रो काली बहादुर गणले रु २५ हजार, सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट सटर र सर्वोत्कृष्ट डिफेन्स भने सबै न्यु होटेल जम्कभेट्ले जितेको कुरा होटल संचालक तथा टिम म्यानेजर प्रकाश खड्काले भन्नू भयो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजु बि. क. ले रु ३ हजार, सर्वोत्कृष्ट सटर योकेन्द्र गुरुङलेरु २ हजार र सर्वोत्कृष्ट डिफेन्स राजन दर्लामी मगरलेरु २ हजार प्राप्त गरे। 

खेल अवधिमा प्रकाश विभूषण तेक्वान्दो डोजाङ्गको पुम्से र स्थानीय कलाकारको सांगितीक प्रस्तुतीपनि रहेको थियो। प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता यमबहादुर परियारले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष केशव देवकोटाले कार्यक्रमको समापन गर्नु भएको थियो।