प्रतिबन्धित नेकपा विप्लव समूहका नेता हेमन्त प्रकाश ‘सुर्दशन’ सहित आठ जना पक्राउ

 


काठमाडौं/प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाश ओली सुर्दशनसहित आठ जना पक्राउ परेका छन् । प्रहरीको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राति काभ्रेबाट उनीहरुलाई पक्राउ गरेको हो ।
नेता ओलीसँगै पक्राउ पर्नेमा शंकर अधिकारी, ललित लामा, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, लोकेन्द्र खड्का,विजय श्रेष्ठ, सन्जीव कार्की र वेद घिमिरे रहेको प्रहरी जानकारी दिएको छ ।