चितवन मेडिकल कलेजले फरक शीर्षकमा विद्यार्थीबाट लाखौँ ठग्दै !


चैत ४/चितवन/ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चितवन मेडिकल लगाएतका मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क अशुल्दै आएका छन् । त्रिविको अनुगमन निर्देशनालयको छानबीनमा भरतपुरको चितवन मेडिकल कलेज, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेडिकल ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल मेडिकल कलेजले अवैध रुपमा शुल्क लिएको पाइएको हो ।
चिकित्सा शिक्षाको विज्ञ सम्मिलित टोलीले तयार पारेको प्रतिवेदनअनुसार पाँचवटै मेडिकल कलेजले फरक–फरक शीर्षकमा शुल्क असुलेका छन् र शुल्क विद्यार्थीपिच्छे फरक शुल्क लिएका हुन् ।