होलीको अवसरमा चोकबजारमा होली डिजे पुल पार्टी हुँदै


चितवन,चैत्र ४ / रंगैरगंको पर्व फागु–पूर्णिमा अर्थात ‘होली’को अवसरमा भरतपुर ५ गीतानगरमा होली डिजे पुल पार्टी आयोजनाहुने भएको छ ।
थ्री सिक्टी म्यानेजमेन्टको आयोजनामा चैत्र ७ गते होटेल रोयल ब्याङ्कयूटमा पुल पार्टी हुन लागेको हो । होली डिजे पुल पार्टीमा काठमाण्डौको चर्चित क्लव डेजाभुका डिजे रोलिङ्ग र डिजे आशिषको विषेश प्रस्तुति रहने कार्यक्रम रहेको कार्यक्रम संयोजक सुरज आर्चायले बताए ।
यस्तै कार्यक्रममा गायक सुरज ब्रो, विवेक क्षेत्री र चितवनको चर्चित ब्याण्ड ब्रो हुडको पनि बिशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रममा एप्सुल्युट कम्युटर एण्ड मोबाइलले दर्शकहरुलाई होलीबिशेष उपहार पनिप्रदान गर्नेछ । ग्रेस इन्टरनेशनल मुख्य प्रायोजक रहेको कार्यक्रमलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा लि ले सह–प्रायोजन गर्नेछ ।
कार्यक्रममा कोका–कोला, र्अना वियर, किन्ले वाटर वेभरज प्रायोजकको रुपमा रहने आयोजकले जनाएको छ ।
त्यस्तै कार्यक्रमको सहयोगी संस्थाको रुपमा जेम्स वर्ल्ड फनपार्क, डवली द स्पेस , मिर्ची अथेन्टिक क्युजिन एण्ड बार, दाजुभाई रिकण्डिसन हाउस, लेक ट्वेन्टी थाउजेण्ट फार्म एण्ड रिट्रिक देवनगर–चम्पानगर, चितवनकै पहिलो कार र मोटारसाइकलको सेरामिक कोटिङ गर्ने ठाउँ चितवन मोटर्स नेपाल बालमन्दिर रोड, नारायणी बाराह ज्वेलरी इन्डष्ट्रिज प्रा लि, भरतपुर गार्डेन रिसोर्ट, बोस्टन कलेज, शुभ वेडिङ, गोधुली चुल्हो, बिकल ट्रेडर्स, सिटी ग्राफिक्स, लगाएत पनि रहेका छन् । फिल्मी पार्टी मेडिया र सिनर्जी एफ एम कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेका छन् । थ्रीसिक्टी म्यानेजमेन्टले लामो समय देखीविभिन्न चार्ड पर्वको अवसरमा सचेतना मुलक एवं मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ ।