Breaking News

राउण्ड टेबलद्धारा अपाङ्गता भएका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री प्रदान


नारायणगढ राउण्ड टेबल १४ ले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री प्रदान गरेको छ । राउन्ड टेबल अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर भरतपुरको चितवन माविमा अध्ययनरत ३२ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीको लागि शैक्षिक सामग्री प्रदान गरिएको नारायणगढ राउण्ड टेबल १४ का महासचिव नितेश महेश्वरीले जानकारी दिए । सोमबार कार्यक्रम गरि विद्यार्थीहरुलाई विद्यालय पोशाक, स्टेशनरी, झोला प्रदान गरिनुका साथै उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको। महेश्वरीले बताए । सो शिविरमा चार जना विद्यार्थीहरुको पथ्थरी भेटिएकाले नारायणगढ राउण्ड टेबल १४ ले निशुल्क रुपमा औषधि समेत प्रदान गरेको महेश्वरीले जानकारी दिए । विद्यार्थीहरुको स्वास्थ्य परीक्षण डाक्टर किशोर उप्रेती र डाक्टर संदीप गर्गले गरेका थिए । नारायणगढ राउण्ड टेबल १४ का अध्यक्ष पंकज अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा चितवन सेकेन्डरी स्कुलका सेक्टर इन्चार्ज रामजी अधिकारी, अध्यापक अमृता पहाडी, डिल्ली राज, प्रेम राठी तथा विकाश वर्मालगायतको सहभागिता रहेको थियो ।

sahid diwas