सौराहा क्षेत्रमा सञ्चालित होटलहरुमा उपोभोक्ताहरुको स्वास्थ्यमाथी गम्भीर खेलवाड ।


चितवन । चितवनको पर्यटकीय नगरीका रूपमा चिनिएको सौराहा क्षेत्रमा सञ्चालित होटलहरुले उपोभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको पाइएको छ ।
खाद्य स्वच्छता कायम राख्ने उद्देश्यले सोमबार दिउँसो यहाँको होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण सुरु गर्ने क्रममा ८ वटा रेष्टुरेन्ट र १ होटलले खाद्य सुरक्षामा लापरवाही गर्ने गरेको पाइएको हो ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ, क्षेत्रीय कार्यालय हेटौडा, डिभिजन कार्यालय चितवन सहितको सौराहाको क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, उपभोक्ता अधिकारकर्मी र पत्रकारसहितको टोलीले अनुगमन गर्दा खाद्य स्वच्छताको न्यूनतम मापदण्ड पुरा नगरेको पाइएको हो । टोलीले सौराहाको रिभर साईड पव क्षेत्रका अधिकांश रेष्टुरेन्ट र सोही ठाउँको होटल नेचर हेरिटेजले किचन साँधुरो, ढोका खोल्दा झिंगा आएपछि तोकिएको स्वच्छताको ५० वटा सूचकहरूका आधारमा सय पूर्णांकमा होटलको मूल्यांकन गरेर होटलको स्तरीकरण गर्दा ५० भन्दा कम अकं अएपछि स्टिकर टाँस्न नसकेको टोलीले बताएको छ ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण होटल व्यवसायमा गरिने सेवा प्रभावहमा गुणस्तर अभिबृद्धि गर्ने, खाद्य बस्तुको स्वच्छता कायम गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ्य र सुविधा कायम गर्ने, होटल तथा रेष्टुरेन्टहरुमा स्वच्छ प्रतिस्पर्धा कायम गराउने, होटलहरुले सेवाको गुणस्तर अभिबृद्धि लैजाउन भन्ने मुल उद्देश्यका साथ होटलहरुको स्तरीकरण गर्न सुरुवात गरिएको अनुसन्धान अधिकृत ईश्वर सुवेदीले स्पष्ट पारे ।
होटलकोे स्तर वर्गीकरण गर्दा खाद्य स्वच्छताको ५० सुचकमा ९० देखि माथि अंक ल्याउने होटललाई ३ तारा र ९क० सहित अति उत्तम लेखिएको हरियो स्टीकरको स्तरीकरण लोगो प्रदान गरिन्छ ।