चितवनमा दैनिक जसो अनुगमनःतर काबार्ही देखिदैन


चितवन । चितवनमा पछिल्लो समय दैनिक जसो अनुगमन भईरहेको छ । कहिले जिल्लामै रहेको जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको खाध ईकाई त् कहिले संघिय सरकारको खाध बिभागका कर्मचारीको अनुगमन भईरहेको छ । यो सकारात्मक कार्य हो । खाध बिभागबाट आएको टोलीले जिल्लाका ठुला तथा अन्य होटलहरुमा लगातार अनगुमन भयो ।
शनिबार र आईतबार जिल्लाको सदरमुकाम भरतपुरदेखि मुग्लिनसम्मका होटलहरुमा अनुगमन गरिएको थियो । भरतपुर लगाएत मुग्लिन क्षेत्रका होटलहरुमा अनुगमन गरिएको हो । सो क्षेत्रमा ४५ वटा होटलहरुमा अनुगमन गरिएको थियो । होटलहरुमा अस्वस्थ खानेकुराहरु खुवाउने गरेको गुनासो बढ्दै गएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंको टोलीले नै अनुगमन गरेको हो ।
शनिबार राती गरिएको अनुगमनको क्रममा अधिकांश होटलहरुको भान्छा कोठा नै फोहोर हुनुको साथै अखाद्य वस्तुहरु प्रयोग गरिएको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले धेरैजसो होटलहरुमा अखाद्य तेलको प्रयोग गरिएको पाईएको जानकारी दिए । मुग्लिन क्षेत्रका होटलबाट मात्रै अखाद्य २५ लिटर तेल नष्ट गरिएको अधिकृत सुवेदीले बताए ।
यस्तै सदरमुकाम भरतपुर क्षेत्रका ठूला होटलहरुमा पनि अनुगमन गरिएको छ । नारायणगढको सेन्ट्रल पाम होटेल, होटेल रेड कार्पेट, होटेल ग्लोबलमा अनुगमन गरिएको छ । ती होटेलहरुमा पनि अखाद्य तेलको प्रयोग हुने गरेको भेटिएको छ । अधिकृत सुवेदीले भने–“भरतपुरका ठुला होटलको भान्छा कोठाहरु फोहोर र अखाद्य तेलको प्रयोग गर्ने गरिएको भेटियो, पहिलो चरणमा सुधारका लागि मौका दिएका छौं ।” तीन दिन भित्र कार्यालयको सम्पर्कमा आउन निर्देशन दिईएको सुधार नदेखिए जुनसुकै होटल भएपनि कारवाही गरिने बताए ।
त्यस्तै, केही दिन अघि पनि जिल्लाको अनुगमन टोलीले भरतपुर गार्डेन रिसोर्ट, होटेल रोयल सेन्चुरी, आइसल्याण्ड जंगल रिसोर्टलगायतका होटेलहरुमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा ती होटेलहरुको भान्छा कोठाहरुमा फोहोर रहेको भेटिएको थियो ।
चितवनमा बिगत केही समययता दैनिकजसो बजार अनुगमन गरिएपनि अनुगमनको क्रममा ब्यबसायीहरुले गरेका अपराध तथा गल्ती बपात उनीहरुले के कार्बाही भोगे भन्ने कुरा आम उपभोक्ताको जानकारीमा नआँउदा अनुगमन के का लागी भन्ने आम प्रश्न उब्जीरहेको छ । अनुगमन अनुगमन र प्रचारबाजीका लागी मात्रै कि गलत गर्नेलाई आम उपभोक्ताले थाहा पाउने गरि कार्बाही हुनुपर्ने हो आम उपभोक्ताको चासो यस्मा रहेको भएपनि अनुगमन गर्ने निकायहरु कर्मकाण्डी, र प्रचारबाजी गर्नमा मात्रै सिमीत रहेको स्वंय उपभोक्ता अधिकारकर्मी कपिल पाण्डे बताँउछन् । अनुगमन हुन्छ, तर गल्ती गर्नेलाई के कार्बाही भयो भन्ने कुरा बजारमा आउँदैन, त्यसैले अनुगमनले आम रुपमा जसरी सुधार ल्याउनुपर्ने हो त्यो ल्याएको देखिदैन, पाण्डेले भने ।
सरी जिल्लामा दैनिक जसो अनुगमन गरिएपनि अनुगमनले बजारमा खासै सुधार नल्याएको उपभाक्तावादी अधिकारकर्मीहरुको भनाईले पनि अनुगमन गर्ने निकायको काम कार्बाहीमा पारर्दशिता ल्याउनुपर्ने र अनुगमनको क्रममा अपराध तथा गल्ती गर्नेहरुलाई के कस्तो काबार्ही गरियो त्यस्को जानकारी आम रुपमा दिनुपर्ने देखिन्छ । स्मरणररहोस गत् बर्ष कपडा पसल तथा फेन्सी अनुगमनमा गएको अनुगमन टोलीले २५।३० हजार मूल्यका साडी लगाएतका लत्ताकपडा अण्डरबिलीङ्गको मूल्य तिन चार हजारमै आफैं उठाउदै हिडेपछी त्यतिखेरै सरकारी अनुगमनकर्ताहरुको नियतमाथी आमआशंका उब्जीएको थियो ।
-आजको भण्डाफोर अभियानबाट