धुर्भुस सुन्तली रंगशाला निमार्णको फिल्डमा , सिमेन्ट र जस्ता बोक्नमा ब्यस्त


धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त भएका छन । ध्रुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थलमा मंगलवार र बुधवार निमार्णस्थलमा काममा ब्यस्त भए । बालुवा बोक्ने , मसला बनाउने जस्ता बोक्दा उनीहरु हौसिएका थिए । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निमार्ण गर्न लागिएको रंगशाला बनाउन हास्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई भ्याई नभ्याई छ । सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आबास निर्माणको काम गरेका थिए । टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार ‘धुर्मस सुन्तली सँगै सिमेन्टको मसला वनाउने र वोक्ने उनीहरू दंग पनि परिरहेका थिए । निमार्णस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने ।
निर्माण स्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भईरहेको छ । उनीहरुले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको साझा सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरे । आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनिहरु आँफै कार्यक्षेत्रमा खटिएर काम (श्रम दान) समेत गरिरहेका थिए । भरतपुर महानगरपालिका–१५ स्थित शान्तिचोकमा रंगशाला निमार्ण गर्न लागिएको छ । कट्टेल र घिमिरे दुबैजना एकै ठाउँमा बसेर स्थानीयहरु संग भेटघाट पनि गरिरहेका थिए ।
निमार्ण स्थलमा विभिन्न संघसंस्थाले श्रमदान समेत गर्न थालेका छन् । रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडी बढेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताउनु भयो । उहाँका अनुसार अहिले सम्म साढे पाँच करोड सहयोग संकलन भएको छ ।
३५ विघा जमिन खेलका लागि एकेडेमी सञ्चालन गर्ने उद्देश्यले रंगशाला निमार्ण गर्न लागिएको उहाँले बताउनु भयो । नेपालको तीन करोड जनताको आँटकै आधारमा क्रिकेट रंगाशाला निर्माण हुन लागेको भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गरिदिन उहाँले आग्रह गर्नु भयो । ‘एउटा साधारण व्यक्तिले देखेको सपनाहो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उहाँले भन्नुभयो, “यो देश बिकासका लागि सबै एक हुने समय आएको छ । अव देश वनाउने समय हो राजनैतिक मुद्धाका आन्दोलन सकिए पछि अव बिकासको आन्दोलनमा सबै सहभागि हुन जरुरी छ ।” अहिले आर्थिक संकलनको काम पनि भईरहेको बताउँदै उहाँले देश भरीबाट कसरी आर्थिक संकलन गर्ने भन्ने विषयमा सोच वनाई रहेको घिमिरेले जानकारी दिनु भयो । बिदेशबाट पनि सहयोग आउने क्रम जारी रहेको बताउँदै उहाँले शिलन्यास गरेको दुई वर्षमा रंगशाला निर्माण हुने बिश्वास दिलाउनु भयो ।
अहिले रंगशाला निर्माणका लागि तीन तहबाट काम भईरहेको छ । निर्माण स्थलमा प्रारम्भिक चरणमा काम भईरहेको छ भने बिज्ञहरु संग परामर्श पनि जारी छ । आर्थिक संकलनको काम पनि भईरहेको छ । अहिले त्यहा फाउण्डेसनका तर्फबाट २५ जना कर्मचारी परिचालन भएका छन् भने दिनँहु जसो स्थानीयहरुले श्रमदान समेत गरीरहेका छन् । दैनिक १ सय ५० जना जतिको हाराहारीमा श्रम दान हुने गरेको छ ।
आँफ्नै छिमेकमा अन्तराष्ट्रिय रंगशाला निर्माण हुने भए पछि स्थानीय पनि उत्साहित छन् । रोजगारीका लागि बिदेश भिजा लागेका तीनजना युवाले भिजा समेत क्यान्सिल गरेर रंगशाला निर्माणमा जुटेका छन् । अहिले रंगशाला निर्माणको काम तिब्र गतिमा भई रहेको छ । जसका कारण स्थानीयमा पनि उत्साह थपिएको छ । रंगशाला निर्माणका लागि ५ करोड ५० लाखभन्दा वढि आर्थिक संकलन भईसकेको छ भने अन्य संकलन हुने क्रम जारी छ ।