विप्लव पार्टीले पनि लियो कडा निर्णय:अब स्थानीय सरकारलाई प्रतिबन्ध लगाउँदै

प्रतिरोध युद्दको तयारी गर्ने ।

काठमाडौँ/सत्ताधारी नेकपा नेतृत्वको सरकारले बिद्रोही नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि देशको राजनितीमा फेरी नयाँ तरङ्ग उत्पन्न भएको छ । सर्बहारा बर्गको मुक्ति र राष्ट्रिय स्वधिनताको लागी भन्दै बिगतमा सँगै जनयुद्ध लडेका रामबहादुर थापा ‘बादल’को प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएपछि विप्लवका नेताहरुले सत्ताधारीहरुको अन्यायपूर्ण प्रतिबन्ध र युद्धको जवाफ प्रतिरोध युद्धद्धारा दिईने कडा प्रतिक्रिया दिएका छन ।
विप्लवका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारले हठातरुपमा प्रबतिबन्ध लगाउँदै अपराधिक संगठन घोषणा गरेर महँगो निर्णय लिएको बताएका छन् । उनले यो निर्णय देश र जनतामाथिको गम्भीर षडयन्त्र भएको प्रतिक्रिया दिएका छन ।
‘सामाजिक फासीबादी केपी सरकारले जनताको पार्टी नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ, यसबाट प्रष्ट रुपमा देशलाई दलाल बुर्जुवाहरुको सरकारले द्वन्द्वमा पु¥यायो’, उनले भने ‘यसबाट सरकारले दमनमा उत्रने बाटो खोलेको छ, यसको पार्टीले कडा प्रतिवाद गर्छ ।’
त्यस्तै विप्लव नेतृत्वको नेकपाका अर्का प्रभावशाली नेताले समेत ओलीको राष्ट्रवादको मुखुण्डो जनताले देखिसकेका छन् अब जनताको माग बमोजिम केपी सरकारको स्थानिय तहलाई पार्टीले तत्कालै प्रतिबन्ध लगाउनेछ र आवश्यक परे प्रतिरोध युद्धको लागी पार्टी तयार रहेको भन्दै उनले सरकारको यो निर्णयबाट सत्ताधारीहरुले देशमा गृहयुद्ध निम्त्याई हतियार खरिदको नाममा जनताको खुनपसिनामाथी लुटपाट मच्चाउन खोजेको आरोप लगाउदै त्यस्तो सपना नदेख्न कडा चेतावनी दिए ।