पहिलो दिनमै चितवनलाई दुई स्वर्ण

चितवन । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नुवाकोटमा सुरु भएको सितेरियो कराँतेको प्रदेश नम्बर ३ स्तरीय छनौट प्रतियोगिताको पहिलो दिन नै चितवनले दुई वटा स्वर्ण पदक प्राप्त गरेको छ ।

तीन दिनसम्म हुने प्रदेशस्तरीय छनौट प्रतियोगिताको उद्घाटन खेलमा चितवनले दुई वटा स्वर्ण तथा एउटा कास्य प्राप्त गरेको छ । नुवाकोट कबर्ड हलमा भएको प्रतियोगितामा ७४ किलो समूहमा चितवनका किशोर लामा र ८४ किलो भन्दा कम तौल समूहमा प्रमिश तामाङले स्वर्ण पदक प्राप्त गरेका हुन् । चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार ८४ किलो भन्दा बढी तौल समूहमा सुमन तामाङले कास्य पदक प्राप्त गरेका छन् ।

चितवनबाट १२ जना खेलाडी सहभागी भएको सितेरियो कराँतेमा आइतबार चार जनाले प्रतिस्पर्धा गरेका ढकालले जानकारी दिए । मंगलबारसम्म हुने छनौट खेलमा चितवनका आठ जना खेलाडीले खेल्न बाँकी नै रहेकाले सितेरियो कराँतेको पदक बढ्ने ढकालको भनाइ छ ।