चितवनका अधिकांश होटलहरु मापदण्डबिपरित, तत्काल सुधार गर्न निर्देशन ।


चितवन, २७ फागुन । चितवनमा नाम कहलिएका अधिकांश होटलहरुले उपभोक्ताहरुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने गरी सेवा दिईरहेको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको धुम्ती टोलीले प्रत्यक्ष ल्याब परीक्षणसहित अनुगमन गर्दा यस्तो भेटिएको हो ।

अनुगमन टोलीले आईतबार एकैपटक चितवनस्थित सदरमुकाम भरतपुरमा रहेका होटल रेड कार्पेट, सेन्टल पाम, होटल ग्लोबल लगायत झन्डै तीन दर्जनभन्दा बढी होटलहरुको अनुगमन गरिएको थियो ।

अनुगनका क्रममा होटल रेड कार्पेट, सेन्टल पाम, ग्लोबल होटलमा खाद्य सुरक्षामा ध्यान नदिएको र उपोभोक्ताहरुको स्वास्थ्यमाथि चरम लापरबाही गर्ने गरेको भेटिएको हो । त्यस्तै, भरतपुर अस्पतालको दुई क्यान्टिनमा अनुगमन गर्दा रुची खाजा घरमा म्यान नघेको तेल समोसा बनाउन प्रयोग भएको भेटिएपछि तेल समोसा दुवै नष्ट गरिएको थियो ।

उता, नारायणगढ शहिदचोकमा रहेको भेटघाट रेष्टुरेन्ट तास घरको बाहिरको किचन डेढ महिना भित्र हटाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ । तासघरको गन्धले बाटोमा हिंड्ने यात्रु तथा बटुवालाई समेत असर गर्ने गरेको र आडैमा मिष्ठान्न भण्डारा समेत रहेकाले त्यहाँ जाने सर्ववसाधारणहरुलाई समेत असर गर्ने गरेको भनी उपभोक्ताको व्यापक जनगुनासाहरु आउन थालेपछि किचन हटाउन निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकृत ईश्वर सुवेदीले बताए । होटल हटाउन सञ्चालक गोविन्द तिवारीलाई पटकपटक निर्देशन दिदा समेत हटाउन नमानेपछि यसपटक अन्तिम चेतावनी दिएको र पुनः अटेर गरे आफैं आएर ताला लगाईदिने सुवेदीले बताए । होटललाई प्रशासनले यस अघि दुई पटक किचन हटाउन निर्देशन दिएको थियो । पटक पटकको निर्देशन दिदा समेत होटल सञ्चालक तिवारीले टेरेका थिएन्न् । आईतबार विभागले अनुगमन गरी यस्तो कडा निर्देशन दिएको हो । यता, होटलका सञ्चालक गोविन्द तिवारीले पनि आफुले डेढ महिना भित्रमा किचन हटाउने बताएका छन् । चितवनमा भएका होटलहरुको अनुगमनकक क्रममा भान्सा सफ नभई नर्क सरह रहेको पाईएको सवेदीले बताए ।