Breaking News

विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्छ : मन्त्री पोखरेल

काठमाण्डौं / राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति मस्यौंदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
मस्यौंदा बुझ्नुहुँदैं शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्ने बताउनुभएको छ । विज्ञानलाई आत्मसात गर्न सकेमात्र विकास हुने बताउनुहुदैं मन्त्री पोखरेलले भन्नुभयोस् विज्ञान र प्रविधिलाई जीवन पद्धतीसंग जोड्नुपर्छ । विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अघि बढ्नुपर्ने उहाँको भनाई थियो । सामाजिक, सास्कृति रुपान्तरण र समृद्धीको निम्ती विज्ञान प्रविधि अनिवार्य आश्यकता भएको मन्त्री पोखरेलले बताउनुभयो । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाललाई एक समुन्नत, गतिशील र समृद्ध राष्ट्रको रुपमा स्थापित गर्न नव–पर्वतनको भूमिका महत्वपुर्ण भुमिका रहने चर्चा गर्नुभयो ।
समय सापेक्ष राष्ट्रको आवश्यकता तथा क्षमतामा आधारित विज्ञान प्रविधि तथा नव–पर्वतन नीति, २०७५ तर्जुमा गर्न नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले २०७५र०६र०९ गते मन्त्रीस्तरीय निर्णयगरी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्रा।डा। दिनेशराज भुजुको संयोजकत्वमा ९ सदस्यीय मस्यौंदा समिति गठन गरेको थियो ।
समितिले ४ महिनामा आफ्नो प्रतिवेदन आज मन्त्री पोखरेललाई बुझाएको हो ।

sahid diwas