बसको ठक्करबाट एक जनाको मृत्यु ।

 


प्रनिश थापा । चितवन , १६ फागुन । चितवनको कालिका नगरपालिकामा जन्ती बोकेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शक्तिखोरबाट तनहुँतर्फ जाँदै गरेको ग. १. ख.२६७ नम्बरको बसले बाटो काट्ने क्रममा ना.५८. प. ६३८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलको पछाडी बस्ने बर्ष १४ की शिक्षा अर्यालको मृत्यु भएको हो । गम्भीर घाइते भएकी बालिकाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, मोटरसाइकल चालक भरतपुर महानगरपालिका ९ बस्ने बर्ष ४९ को चन्द्र बहादुर भट्ट को अवस्था भने मध्यम रहेको र उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल, बस र चालक ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।