चितवनको खैरहनीमा सवारी दुर्घटना : बाह्र जना घाईते ।

चितवन , ११ फागुन । चितवनको खैरहनी नगरपालिकामा शनिबार भएको सवारी दुर्घटनामा बाह्र जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार बिहान ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ आउदैं गरेको ना। ७। ख। ७९८२ नम्वरको ट्रिपर र पूर्वतर्फ जाँदै गरेकोे बा। २। ख। ६७१८ नम्वरको बस खैरहनी नगरपालिका वडा नम्वर ९ बैरेनीमा एकआपसमा ठक्कर खाइ भएको दुर्घटनामा बस चालक सहित १२ जना घाइते भएका हुन् । घाइते मध्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घाईतेहरुको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भैरहेको छ भने, ट्रिपर र ट्रिपरका चालक ईलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।