नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता ।


चितवन , ११ फागुन । चितवनको नारायणी नदीमा डुबेर शनिबार एक किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार दिउँसो साँढे २ बजे साथीहरुसंँग पौडी खेल्न गएका भारत सलनपुर थाना घर भई हाल भरतपुर २ नारायणगढ लिलाचोक बस्ने चटपटे ब्यापारी गोपी शाहका छोरा मनिस शाह बेपता भएका हुन् । बेपत्ता भएको खबर प्राप्त भएलगत्तै उनको खोजी कार्यलाई तीव्रता दिएको चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिनुभएको छ ।