लागुऔषधको कुलतमा फस्दै युवाहरु

अभिभावक बने चिन्तित

 चितवन फागुण २ / चितवनमा पछिल्लो समय लागुऔंषध प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । चितवन र आसपासका क्षेत्रमा लागुऔंषध प्रयोगकर्ताहरुको संख्या हत्तै बढदै गईरहेपनि यसलाई नियन्त्रणको लागी प्रभावकारी कार्य हुन नसक्दा भित्रभित्र भुसको आगो झै दुब्र्यसनीको सख्ँया बढदै गईरहेको हो । जिल्लामा गएको ०७४। ०७५ मा लागुऔषध प्रयोग र ओसारपोसारमा सम्लग्न रहेको भन्दै ९० जना पक्राउ परेका थिए भने जिल्ला प्रहरी कार्यालयमा ६२ वटा मुध्धा दर्ता रहेको थियो ।  एक बर्षको सो अबधीमा डाईजेपाम ८९९ एम्पुल, फेनारगन ९२३ एम्पुल, नाईट्राजेपाम २९८४ ट्याब्लेट, फेन्सीडिल ८०० एम एल ओनरेक्स ३०० एमएल स्पास्मो फ्रोक्सेबोन १२२ क्याप्सुल र गाँजा २७२ किलो ४५० ग्राम लागुऔषध बरामद गरिएको थियो ।

  जबकी चालु आब ०७५। ०७६ को ७ महिनामा लागुऔषध प्रयोग र ओसारपोसारमा ९० जना नैं पक्राउ परेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालयमा यो अबधीमै ५३ वटा मुध्धा दर्ता भएको छ ।  सात महिनाको सो अबधीमा डाईजेपाम ११३२ एम्पुल, फेनारगन १११४ एम्पुल, नाईट्राजेपाम ४५१४ ट्याब्लेट, फेन्सीडिल ११०० एम एल, स्पास्मो फ्रोक्सेबोन ५९ क्याप्सुल र गाँजा ३७ किलो २५० ग्राम र डब्लुयराफ स्रयुप ४०० एमएल लगाएतका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कायालयको तथ्याङ्कले नै देखाउँछ ।

यसरी प्रहरीकै तथ्याङ्कलाई आधार मान्दा पनि युवाहरु कुलतमा फस्ने क्रम बढदै गरेको देखाउँछ । लागुऔषधको कुलतमा फसेका आफ्ना कलिला छोराछोरीको भविश्यलाई लिएर अभिभावकहरु भने दिनप्रतिदिन चिन्तीत बन्दै गईरहेका छन् । यस तर्फ न त् अभिभावकहरुले केही गर्न सकेका छन्, न त्  लागुऔषध नियन्त्रणमा सरकारी कदम प्रभावकारी हुन नैं सकेको छ । लागुऔंषध रोकथामको लागी भनेर खोलीएका विभिन्न एनजिओ आईएनजिओ पनि औपचारिक कार्यक्रममा सिमित हुने र रकम पचाउनमै तल्लीन रहेकाले जनचेतना अभिबृद्धिमा कमीको कारण पनि आज प्राय समाजमा नशा हर घरको दशा बनिरहेको आम बुझाई छ ।