प्रदेश ३ स्तरको खेलकुद प्रतियोगिता उद्घाटन चितवनमा हुने


चितवन । फागुन २ गते / प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश ३ को उद्घाटन फागुन ६ गते चितवनमा हुने भएको छ । भरतपुर स्थित जुनियर प्रहरी अधिकृत शिक्षालय नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ३ को खेल उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए ।
प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता हुन लागेको हो । चितवनमा एथलेक्टिस र उसु खेल हुनेछ । अन्य खेलहरु ३ नम्बर प्रदेशकै विभिन्न जिल्लामा आयोजना हुने विहीबार पत्रकार सम्मेलन गरी खेलको संयोजन गरेको खेलकुद विकास समिति चितवनले जनाएको छ ।
प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि प्रदेश स्तरमा खेलहरु हुन लागेको हो । प्रतियोगिता अन्तर्गत पुरुष फुटवल नुवाकोटमा, महिला फुटवल सिन्धुपाल्चोकमा, भारोत्तोलन, क्रिकेट, वास्केटवल, टेवलटेनिस, लङ टेनिस काठमाडौंमा हुने अध्यक्ष लामाले जानकारी दिए ।