चितवनको सौराहामा फुड फेष्टिबल हुँदै , तयारी पूरा ।


चितवन । प्रणय दिवस अर्थात् ‘भ्यालेनटाइन डे’को अवसरमा सौराहामा हुने १३ औं सौराहा फुड फेष्टिवलको तयारी पुरा भएको छ । यहीँ माघ २८ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने खाना महोत्सव ९फुड फेष्टिवल० को तयारी सकिएको आयोजक रेष्टुरेन्ट एण्ड वार एसोसियन नेपाल ९रेवान० सौराहाले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महोत्सवको पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने तय भएको छ । सौराहाको पर्यटकीय गतिविधिलाइ चलायमान बनाइ आन्तरिक तथा बाह्य पर्यटकलाइ सौराहा भित्र्याउन कार्यक्रम आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । यो समयमा सौराहा लगाएत नेपालका अन्य पर्यटकिय गन्तब्यमा पर्यटकको संख्यामा कमी आउने गर्दछ । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको बिशेषता” भन्ने मूल नारा साथ सौराहालाई महोत्सवमय बनाउन यसले भूमिका खेल्ने गिरीको भनाइ छ । अन्य दिन प्रवेश निःशुल्क भएपनि प्रणय दिवसको दिन भने टिकटको व्यवस्था गरिएको फुड फेष्टिवलका संयोजक ध्रुब गिरीले जानकारी दिए । ‘टिकटबाट प्राप्त रकमको पच्चीस प्रतिशत रकम सिसुवार खेल मैदानको विकासको लागी खर्च गरिने छ । सौराहाको सरसफाइको लागि पांच प्रतिशत रकम उपलब्ध गराई दश प्रतिशत विपन्न बर्गका बालबालिकाको शिक्षिक उन्नयनका निम्ति शैक्षिक कोष खडा गरीने छ । उनले भने,“आय स्रोतबाट केही रकम उज्यालो सौराहालाइ निरन्तरता दिन खर्च गरिने छ ।’ खाना महोत्सव हुने सिसुवार खेल मैदानको व्यवस्थापनका लागी १ लाख ३८ हजारको मेस जाली खरिद भइसकेको छ । खाना महोत्सवमा थारु घर, मौलिकताका खाना लगाएत साँस्कृतिक प्रवद्दन समेत गरिने उनले जानकारी दिए । गिरीका अनुसार यो संस्करणको महोत्सवमा मुल्यसुचीलाइ व्यवस्थित गरी एकरुपता ल्याउन कडाई गरिने छ । महोत्सवलाइ ब्राण्डको रुपमा स्थापित गर्न रत्ननगर नगरपालिका सबै पक्ष संग सहकार्य गर्न तप्पर रहेको रत्ननगरका नगर प्रमुख नारायण वनले बताए । नगरपालिकाले सस्कृति जगेर्ना गर्न होम स्टे सहितको साँस्कृतिक गाउँ ९कल्चरल भिलेज० बनाउने कामले तिब्रता पाएको उनको भनाइ छ । क्षेत्रिय होटेल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले संघमा आवद्द सदस्य होटेलले महोत्सवभरी १५ प्रतिशतको छुट प्रदान गर्ने जानकारी दिए । रेवान सौराहाको आयोजनामा हुने फुड फेष्टिवलमा रेवान महिला समूह, क्षेत्रीय होटल संँघ नेपाल चितवन र युनाइटेड हात्ती संचालन सहकारी सह–आयोजक हुन् । नेपाल पर्यटन बोर्ड, प्रदेश स्तरिय पर्यटन मन्त्रालय र संरक्षण तथा पर्यापर्यटन प्रवद्दन समिती बाघमाराले फेष्टिवलको प्रवद्दन गर्नेछन् । महोत्सवमा साँस्कृतिक प्रस्तुतिका साथै विभिन्न झाकी प्रदर्शन गरिने छ । रेस्टुरेन्टका कर्मचारी बीच वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, नगर स्तरीय प्रतियोगिता लगाएतका प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन् । फुड फेष्टिवलमा डेढ करोड देखि २ करोडको हाराहारीमा आर्थिक कारोवार हुने आयोजकको दावी छ । ५ दिनसम्म चल्ने महोत्सवमा दैनिक १५ हजार दर्शक आउने अपेक्षा गरिएको संयोजक गिरीले बताए । महोत्सव परिसर भित्र ५ बिशेष प्रदर्शनी सहित ४५ वटा खानाको स्टल हुनेछन्।

पेय पदार्थको सिण्डिकेट छैन स् रेवान सौराहा
यता, १३ औं सौराहा फुड फेष्टिवलमा पेय पदार्थको सिण्डिकेट नरहेको आयोजक रेवान सौराहाले प्रस्ट पारेको छ । बिगतका संस्करणमा पेय पदार्थ ९रक्सी, बियर ० मा प्रायोजकको एकलौटी हुने जनगुनासो आउने गरेको थियो । जन गुनासोलाइ मध्यनजर गरी फेष्टिवलमा सिण्डिकेटको अन्त्य गरिएको संयोजक ध्रुव गिरीले बताए ।