उपचारमा लापरबाही गरी ज्यान नै लिने मनकामना अस्पतालको काइदा : पाँच लाखमा घट्ना सामसुम


 चितवन, माघ २७। बिहीबार भरतपुरस्थित मनकामना अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ८ शरदपुर बस्ने बर्ष ४४ को कृष्ण भुषालले उपचारका क्रममा आफ्नु ज्यान गुमाए । उनको मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा गम्भीर लापरबाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी मात्रै गरेनन् कि आक्रोशित केही युवाले अस्पताल परिसर नै तोडफोड गरे । तोडफोडबाट अस्पतालले झन्डै एक लाख रुपैयाँ बराबरको क्षति ब्यवहोर्नु परेको दाबी अस्पताल प्रशासनको छ । घट्नामा संलग्न रहेको आशंकामा प्रहरीले सोही दिन आधा दर्जनभन्दा बढी लाई गिरफ्तार पनि गर्‍यो । तर, अस्पताल प्रशासनबाट कुनै गल्ती नभएको दाबी गर्दैआएको अस्पताल प्रशासन एकाएक आफ्नु गल्ती ढाकछोप गर्न मृतकका आफन्तलाई प्रलोभनमा पारेको पाइएको छ । स्रोतका अनुसार अस्पतालले ढिलै भएपनि आफ्नु कमजोरी भएको स्वीकार गर्दै मृतकका आफन्तलाइ पाँच लाख रुपैयाँ क्षतीपुर्ती दिने निर्णयमा प्रशासन पुगेको हो । अस्पताल प्रशासनले लापरबाही गरेको र कार्वाही हुनुपर्ने माग राखेका मृतकका आफन्त अनि आफ्नु कुनै कमजोरी नभएको बताउने अस्पताल प्रशासन पैसामा कुरो मिलेपछि बिरोध बन्द भएको हो । यसअघि आक्रोसित भएका मृतक परिवारले गम्भीर अवस्थाको बिरामीलाई पनि अस्पतालले बेवास्ता गरेको , बिरामीले मुखबाट रगत बान्ता गरी पटकपटक पेट र छाती दुखेको भनेपनि अस्पताले खुट्टाको एक्स ( रे मात्रै गरेको आरोप लगाउदै आएका थिए । मृतक परिवारले रुखबाट लडेर घाईते भएका कृष्णको समयमा नै उपचार हुन नसक्दा मृत्यु हुन पुगेको बताएका छन् । मृतक भुषालको १ छोरा र २ छोरी छन् ।