भरतपुरको मौलाकालिका अस्पतालमा एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा

चितवन २७ माघ । चितवनको भरतपुरस्थित मौलाकालिका अस्पतालले एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा ल्याएको छ । ५१ शैय्याको उक्त अस्पतालले श्री पञ्चमीको अवसर पारी आज आईतबारबाट ५ शैय्याको एनआईसीयू र ३ शैय्याको पीआईसीयू सेवा सुरु गरेको हो ।

ती सेवा सञ्चालनका लागि बालरोग विशेषज्ञहरु डा विश्वबन्धु बगाले, डा ओमकृष्ण पाठक, डा योगराज शर्माको टिम रहेको अस्पतालले जनाएको छ ।
मौलाकालिकाले एनआईसीयू र पीआईसीयू सञ्चालनमा ल्याएपछि जटिल खालका विरामीको उपचारका लागि केही सहजता हुने बताइएको छ ।