अन्नतत् : चितवन होटल व्यवसायी संघ फुटयो

तदर्थ समिति गठन गर्नेहरु कारबाहीमा

सुर्य बराल चितवन, पुस २९–चितवनका होटल तथा रेष्टुरेण्टव्यवसायीहरुको समूहहोटल व्यवसायी संघ, चितवन अन्तत ः फुटेको छ । गत अधिबेशनबाटै असन्तुष्ट रहेको एउटा प्यानलका केही सदस्यहरुले छुटैं तदर्थ समिति गठन गरेपछी होटल व्यवसायी संघ, चितवनले उनीहरुलाई कारवाही गरेको छ । कार्बाही सँगै होटल ब्यबसायी बिचको फुट सतहमा आएको हो ।

संघले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै संघको गरिमा र मर्यादामा चोट पुर्‍याएको भन्दै पदीय दायित्वमा रहेका सदस्यहरुलाई संघको सदस्य मात्र रहने गरी कारवाही गरेको छ। कारवाहीमा पर्नेहरुमा तदर्थ समितिका अध्यक्ष दिपक ढकाल, लगाएतका रहेका छन् । संघले उनीहरुलाई पदीय जिम्मेबारीबाट मुक्त गरेको छ ।
कार्यक्रममा बोल्दै संघकी अध्यक्ष शर्मिला न्यौपानेले पटक–पटक संघको साधारण सभामा निमन्त्रणा गर्दा उपस्थित नरहने, उपस्थित भएपनि सभा चल्न नदिने र संघको विधान विपरीत अराजक्ता मचचाएकाले बाध्य भएर संघको जिम्मेवारीबाट मुक्त गरिएको बताइन् । संघको समस्यामाथि छलफल गर्न संघ तयार भएपनि उनीहरुले अटेर गरी तदर्थ समिति गठन गरी सञ्चारमाध्यममा प्रकाशित गरेकाले उनीहरुलाई पदबाट हटाइएको अध्यक्ष न्यौपानेको दाबी छ।

सो अवसमा बोल्दै संघका पुर्ब अध्यक्ष इमान्दु बरालले संघको दुइतिहाइ बहुमतले उनीहरुलाई पदमुक्त गरेको भन्दै संघलाई फुटाउने कोशीश गरेको कारण पदबाट हटाइएको बताए ।

पत्रकार सम्मेलनमा असन्तुष्ट पक्षलाई पुनःविचार गरी संघको एकतालाई बलियो बनाउन पुनः फर्कन समेत आव्हान गरिएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष, लगाएत चितवनका होटल व्यवसायीहरुको उलेख्य सहभागिता रहेको थियो ।