कंञ्चनवस्तीमा भलिवलको रौनक सुरु, प्रदेश सांसद महतोले गरे उद्घाटन

शिव शर्मा

शिव शर्मा चितवन, पुष २९ । भरतपुर–२१ कंञ्चनवस्ती पार्वतीपुरमा कंञ्चन चौथो खुल्ला पुरुष नक–आउट भलिवल प्रतियोगिता सुरु भएको छ । कंञ्चन समाज विकास परिषद्को आयोजनामा आज (आइतवार)देखि सुरु भएको प्रतियोगिताको प्रदेश न ३ का सांसद रामलाल महतोले उद्घाटन गरे । उद्घाटन गर्दै सांसद महतोले खेलकुदको विकास गर्न बिद्यालय स्तर बाटै प्रयास थालिनुपर्ने बताए । खेलकुद स्वास्थ्य, अनुसासन र राष्ट्रको लागि भएको भन्दै उनले राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । “राज्यले खेलकुद क्षेत्रमा १ प्रतिशत भन्दा कम बजेट छुट्याएर कसरी विकास गर्न सकिन्छ ?” उनले सरकारलाइ प्रस्न गर्दै भने, “खेलकुदको लागि निजि, सहकारी र सरकारी क्षेत्रले समन्वय गर्नुपर्छ ।” उनले प्रदेश ३ को सामाजिक विकास मन्त्रालयमा कंञ्चन बाल उद्यान र खेलमैदानको ब्यबस्थापनको लागि योजनाको प्रस्ताव गर्ने प्रतिबद्दता जनाए ।

फरक प्रसङ्गमा सांसद महतोले नेपाली विकासको दुस्मन भष्ट्रचार र माफियातन्त्र रहेको बताए । बिचौलिया र माफियाले देशलाइ कमजोर पारेको उनको तर्क छ ।

सोहि क्रममा परिसदका अध्यक्ष विकास भट्टले राष्ट्रिय स्तरको भलिवल प्रतियोगिताको लक्ष्य राखिएको बताए । “कंञ्चन समाजको चाहना ः खेलकुद विकासको कामना” भन्ने मुख्य नाराका साथ् कार्यक्रम आयोजना गरिएको परिसदका अध्यक्ष विकास भट्टले जानकारी दिए । सो क्षेत्रका बालबालिकाको खेलकुद प्रतिको चाहनालाई आत्मसाथ गर्दै खेलमैत्री वातावरण बनाउन परिसद अग्रसर रहेको उनको भनाइ छ ।

पहिलो चरणमा ३ खेल सम्पन्न

आज बाट सुरु भएको भलिवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कंञ्चन समाज विकास परिसद्को टोली शिव शक्ति युवा क्लब संग ३–०को सोझो सेटमा पराजित भयो । २५–०९, २५–१५ र २५–१७को सेटमा आयोजक टोली पराजित भएको हो । त्यस्तै आजको दोस्रो खेलमा कालीबहादुर गणको नेपाल आर्मीको टोलीले सुन्दर संगम युवा क्लबलाइ ३–० को सेटमा पराजित गर्यो । गणले २५–(२१,२५–१५ र २५–१५को सेटमा सुन्दर संगमलाइ पाखा लगायो । तेस्रो खेल हिमाल युवा क्लब र अमृत स्पोर्ट्स क्लब बीच हुने तय भएपनि अमृत स्पोर्ट्सको अनुपस्थितिका कारण ‘वाक ओभर’ मार्फत हिमाल युवा क्लब अघिल्लो चरणमा प्रवेश गर्यो । आज शिव शक्ति युवा क्लब, कालीबहादुर गण र हिमाल युवा क्लब अघिल्लो चरणमा प्रवेश गरे ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार सहित सिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन । दोस्रो हुनेले ३० हजार सहित सिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन । सेमिफाइनल पुग्ने २ टिमलाइ समान १० हजार सिल्ड मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । माघे सक्रांन्तिको बिषेश अवसर पारेर कंञ्चन बाल उद्यानको खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको हो । खेल माघ १ गते सम्म चल्नेछ ।विगत २०७२ देखी प्रतियोगिता गर्न सुरु गरेको पश्चिम चितवनको पुरानो क्लब कंञ्चन समाज विकास परिसदले हरेक बर्ष खेलकुदका कार्यक्रम गर्दै आएको छ । परिसदले कंञ्चनवस्तीमा कंञ्चन उद्यान र खेलमैदानको संमक्षण र संवद्धन गर्ने गरेको छ ।