मन्त्रीले कुटेपछि पत्रकारमाझ धुरुधुरु रोए सचिब (भिडियो)

 

 

 

काठमाडौं÷ आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै प्रदेश २ का आर्थिक
मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट
गरेका छन् । मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव
विद्यानाथ झाले पत्रकारमाझ धुरुधुरु रुदै भने । सभामुख सरोजकुमार यादवकै
अगाडि मन्त्री यादबले झापड हानेको बताइएको छ । कुटपिट लगत्तै मन्त्रीकै
निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । उता मन्त्री यादवले
सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् । कार्यकक्षमा दुव्र्यवहार
गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ । संघीय सरकारले सशर्त
अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई
छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले
बताए । क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३
वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएकोमा ४० वटा संस्था छनोट भएका
थियो । मन्त्री यादवले सिफारिस गरेको एनजीओको नाम खुलाइएको छैन । सचिव
झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका
थिए ।