कल्याणकारी प्रतिष्ठान नेपालद्वारा वरिष्ठ कवि गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गर्दै ।

प्रनिश थापा , चितवन , २८ पौष । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले वरिष्ठ कवि गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गर्ने भएको छ । बिनोदीलाई आज शनिबार गैंडाकोटमा अभिनन्दन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष नारायण तिवारीले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रा।डा। वासुदेव त्रिपाठीको उपस्थिति रहने जनाइएको छ । कवि विनोदीको प्रेरणादायक लोकोपकारी ग्रन्थ ‘गोविन्दराज विनोदीः सृष्टि र दृष्टि’ को पनि लोकार्पण गरिने त्रिपाठीले बताए । गैंडाकोटस्थित जनक कलेजको प्राङ्गणमा कवि विनोदीलाई अभिनन्दन गरेपछि भजन र्‍यालीसहित नगर परिक्रमा गराइने छ । कवि विनोदी पुराना पत्रकार तथा प्राध्यापकसमेत हुन् ।