नायिका हमाल सहित चितवनका चार जना सम्मानित 

चितवन/ मोफसलको चर्चित लक्की मिडिया हाउस चितवनले नेपाली सिने क्षेत्रकी चर्चित नायिका सहित चितवनका चार जनालाई सम्मान गरेको छ । चलचित्र “चौका दाउ” को प्रिमियर शोको अबसर पारेर बिभिन्न क्षेत्रमा बिशेष योगदान दिनुभएका व्यक्तिहरुलाई सम्मान गरीएको हो । नेपाली सिने क्षेत्रमा बिशेष योगदान दिनुभएकी चर्चित नायिका बेनिशा हमाल, चितवनका युवा उधमी रुबिन रामुदामु , युवा उधमी तथा समाजसेवी निर्देश सेढाई , डाक्टर भोजराज अधिकारी र युवा उधमी गोपाल भट्टराईलाई सम्मान गरिएको  मिडिया हाउसले जनाएको छ । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले चर्चित कलाकारहरुको साथमा चलचित्र “चौका दाउ” को प्रिमियर शो चितवनको सुबिधा सम्पन्न क्यूएफएक्स जलमा सिनेमा हल नारायणगढमा गरेको थियो । प्रिमियर शोमा बिभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिती  रहेको थियो । चलचित्र “चौका दाउ” हाँस्य प्रदान सामाजिकक प्रेम कथामा आधारित चलचित्र हो । फिल्म अबधिभर दर्शकहरुले पूर्णरुपमा मनोरन्जन लिनुका साथै चलचित्रको तारिफ गरेका थिए । प्रिमियर शोमा नेपाल चलचित्र विकास  बोर्डका सदस्य नरेन्द्र मर्हजन प्रमुख अतिथि रहनुभएको थियो । यसैगरी नेपाल चलचित्र कलाकार संघका सचिब चेतबहादुर सिंह “राजा” कार्यक्रमको बिशिष्ट अतिथि रहनु भएको थियो । प्रिमियर शोमा फिल्म “चौका दाउ” का कलाकार सन्तोष पन्त, अजस्र ढुंगाना लगाएत फिल्म निर्माता, निर्देशक र कलाकारहरुको बाक्लो उपस्थिती रहेको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की “लक्की” ले जानकारी दिनुभयो । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा प्रिमियर शो, विशेष शो र च्यारीटी शो गर्दै आएको छ । कार्यक्रममा लक्की मिडिया हाउसका निर्देशक दिपक खड्का, महेन्द्र कार्की र पोस्ट प्रोडक्सन इन्चार्ज दिनेश श्रेष्ठ “पासा”को पनि सहभागीता रहेको थियो । कार्यक्रम मिडिया हाउसका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।