एसिड आक्रमणबाट घाइते डोल्मा डिस्चार्ज ।

प्रनिश थापा, चितवन , २३ पौष । आफ्नै श्रीमानले  प्रहार गरेको एसिड आक्रमणबाट घाइते भएकी भरतपुर महानगरपालिका २४ धुब्र बजारकी २० वर्षीया डोल्मा रुम्बा आइतबार उपचारपछि डिस्चार्ज भएकी छिन् । पोखरा महानगरपालिका २९, आदर्शनगर बस्ने वर्ष ४७ का विरेन गुरूङले तीन जना साथीहरूको सहयोगमा केहीदिन अगाडि भरतपुर स्थित ससुरालीमै आइ डोल्मालाइ एसिड प्रहार गरेका थिए । एसिड प्रहार गरेलगत्तै फरार हुन खोजेका उनका श्रीमान सहित सबै अभियुक्तलाई चितवन प्रहरीले घट्ना घटेको भोलिपल्टै नारायणगढबाट पक्राउ गरेको थियो ।