अर्पण शर्मा आउने

भरतपुर । पुस २३ गते सोमबार/ तेज स्मरण शक्ति भएका युवा अर्पण शर्मा कट्टेलको उपस्थितिमा १५ दिनको स्मरण शक्ति बढाउने बारेको सेमिनार हुने भएको छ । गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल व्यक्ति शर्माको उपस्थितिमा माघ १० गतेदेखि २५ गतेसम्म नारायणगढ स्थित नारायणी कला मन्दिरमा हुने कार्यक्रम संयोजक मणिरत्न सापकोटाले बताए ।

सोमबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै हरेक दिन वेलुका ४ः३० वजेबाट ५ः३० बजेसम्म कार्यक्रम हुने स्थानीय आयोजक सामथ्र्य नेपालका संयोजक अर्जुन भुषालले बताए । विद्यार्थीैहरुका लागि लक्षित गरी ल्याइएको स्मरण शक्ति बढाउने कार्यक्रममा ३ सय जनाको सहभागीता रहने र एक सहभागीबाट १५ दिनका लागि ५ हजार शुल्क लिइने कार्यक्रम संयोजक सापकोटाले बताए । ‘विद्यार्थी, लोकसेवा तयारीमा रहेका व्यक्ति, शिक्षक आदिलाई यो कार्यक्रम फलदायी हुनेछ, संयोजक सापकोटाले भने,‘कार्यक्रम प्रभावकारी हुनेमा आयोजक विश्वस्त छौं ।’