के ‘ओली र प्रचण्ड राजा हुन, यीनीहरुका बिरुद्ध लडिन्छ

मार्सी चामल खुँवाउदैंमा सम्बन्धन दिने ?

डा. गोविन्द केसी/ अस्ति म इलाम गएँ । म पचहत्तरै जिल्लामा बारबार गएको छु । मैले देखेको छु, कहाँ के चाहिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमका पूर्वीभाग र इलामका मान्छेले उपचार गर्न झापा, बिराटनगर, धरान वा सिलिगुडी जानुपरिरहेको छ ।

हाम्रो प्राथमिकता भनेको पाँचथर वा इलाममा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्‍यो । त्यो तीनसय बेडको हुनुपर्छ, त्यहाँ विशेषज्ञहरु हुनुपर्छ । यसो गरेमा त्यस क्षेत्रमा मान्छेले डाक्टर पढ््न पाउने थिए, नर्स पढ््न पाउने थिए । त्यहाँका मान्छेले रोजगारी पाउने थिए । त्यसका लागि हामीले बारबार लड््नुपर्छ । म त्यहाँ गएको कारण के हो भने यसका लागि दबाव पुगोस्् ।

तर, त्यहाँका नेताहरुलाई केही मतलब छैन । मैले यहाँ आएर पो थाहा पाएँ, ताप्लेजुङका सांसद खुब ठुल्ठुलो कुरो गर्ने, उसले माफियाको हितका लागि यो ऐनको तोडमोड गर्ने लिडरसिप लिएको हो । यस्तोखालको लिडरसिप हुन्छ ?

ओलीको कुरो गरौं ।

ओली र प्रचण्डजीले कालोलाई सेतो भनिदिएदेखि त्यहाँका सबै सांसदहरु कालोलाई सेतै भन्छन्् । त्यो संसद सार्वभौम हैन । ओलीजी र प्रचण्डजीले जे भने, त्यही हुने हो ।
ओलीजीले चाहिँ उनको क्षेत्रमा एउटा भ्यु टावर खोल्ने रे । त्यसमा एक अर्ब थप्यो भने त उनकै क्षेत्रमा सरकारी मेडिकल कलेज खुल्छ । त्यो भ्यु टावर त प्राइभेटलाई दिए भैहाल्यो नि । टिस्टासम्म देखिने भ्यु टावर रे ! साम्यवादी नेताको त्यो प्राथमिकता हो ? पुँजीवादी देशका क्रोनी क्याटालिस्टले पनि लाज मान्छन्् यस्तो गर्न ।

म इलाममा मेडिकल कलेज, अस्पताल खोल्नुपर्छ भनेर दबाव दिन गएको हो । त्यो मेची अञ्चल त ओलीजीको क्षेत्र हो । झलनाथ खनालजीको हो । सुवास नेम्वाङजीको हो । यी छन्् नि आफूलाई युवा नेता हो भन्छन्् (योगेश) । जनताले दिएको तलब भत्ता खान्छन्् । तर, यिनीहरु माफियाको काम गरिराखेका छन्् ।

साम्यवादी सरकार भएको ठाउँमा मनपरीतन्त्र ढंगले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण गरेका छन्् । साम्यवादी, समाजवादी भनिएका शीर्षस्थ नेताहरुले माफियासँग साँठगाँठ गरिरहेका छन्।

ओली र प्रचण्ड राजा हुन् ?

संसद, समिति, उपसमितिचाहिँ सार्वभौम हुन्् रे ! अहिले के छ भनेदेखि, चाहे प्रधानमन्त्री हुन्, चाहे राष्ट्रपति हुन्, चाहे मन्त्री हुन्, चाहे सांसद हुन्, जे हुन्, अहिले उनीहरु नेपाली जनताको मालिकका रुपमा व्यवहार गरिरहेका छन्् । मालिक । राजाका रुपमा व्यवहार गरिरहेका छन्् ।
उनीहरु भनेका त तीन करोड नेपालीका नोकर हुन्् । म त सेवक पनि भन्न चाहदिनँ कि नोकर हुन्् । र, सार्वभौम भनेको को रहेछ भने ओलीजी र मन्त्रीहरु रहेछन्् । केही हदसम्म प्रचण्डजी रहेछन्् ।

किनभने, ओली र प्रचण्डजीले कालोलाई सेतो भनिदिएदेखि त्यहाँका सबै सांसदहरु कालोलाई सेतै भन्छन्् । त्यो संसद सार्वभौम हैन । ओलीजी र प्रचण्डजीले जे भने, त्यही हुने हो । र, उनीहरुले गर्ने भनेकै माफियाको काम गरिदिने हो । माफिया, बिचौलिया र दलाल । अहिले राज्य माफिया, बिचौलिया र दलालहरुले चलाइरहेका छन्् ।

सार्वभौम को हो ? ओलीजी र त्यसपछि प्रचण्डजी हो । अहिले उनीहरु राजा हुन्् । हामीलाई अहिले पनि रैतीको व्यवहार गरिरहेका छन्् । हामी नेपाली रैती हैन, सार्वभौम नेपाली नागरिक हौं । र, सरकार, चाहे व्यवस्थापिका भनौं, चाहे न्यायपालिका, यिनीहरु जनताका सेवक हुन्् । कुरो बुझ्नु भो त ?

मार्सी चामल खुवायो भन्दैमा सम्बन्धन दिने ?

बीएण्डसीलाई सम्बन्धन किन दिने ? अरुलाई किन नदिने ? बीएण्डसीमा प्रचण्डजीको अर्बौं रुपैयाँ छ भन्दैमा दिने हो र ? अथवा ओलीजी र प्रचण्डजीले उनीहरुको मार्सी चामल खाए भन्दैमा सम्बन्धन दिने हो र ? अरुचाहिँ छैनन्् ?