बिवेकशिल साझाको संगठन बिस्तार


नवलपुर । बिवेकशिल साझा पार्टीको संगठन बिस्तार तिब्रगतिमा भईरहेको छ । जस अन्तरगत नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्वर १६ अमरापुरीमा सुरज सुवेदीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन भएको छ।
विवेकशील साझा पार्टीका जिल्ला नेताहरू भीमप्रसाद आचार्य, रोहित क्षेत्री र गोविन्द तिवारीको उपस्थितिमा हिजो बुधबार आयोजित भेलाले सो समिति गठन गरेको हो।
देशव्यापी संगठन विस्तारको अभियानमा रहेको सो पार्टीले नवलपरासीमा पनि संगठन बिस्तारको कामलाई तिब्रता दिईरहेको सो पार्टीले जनाएको छ ।

संगठन विस्तारसंगै पार्टीले सदस्यता विस्तारमा पनि जोड दिएको छ ।