चितवनमा आफ्नै बाबुबाट छोरी बलात्कृत ।
प्रनिश थापा, पौष १५ । आफूलाई जन्म दिइ हुर्काउने अनि संसार चिनाउने बाबुबाटै चितवनमा एक छोरी बलात्कृत भएकी छिन् । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । आफ्नै बाबु जसले छोरीलाई संरक्षण र सुरक्षा दिनुपर्ने हो, उसैले आफ्नै छोरी भन्ने समेत हेक्का नराखी आफ्नु यौन इच्छा पुरा नम्बर ३ बस्ने वर्ष ४० का आफ्नै बाबुले आफ्नै १७ बर्षीया छोरीलाई विगत ३ वर्षदेखि लगातार रूपमा बलात्कार गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार पीडित किशोरीले आफुलाइ आफ्नै बाबुले पटकपटक बलात्कार गर्ने गरेको भन्ने उजुरी एवं जाहेरी गत , पौष १३ गते जिल्ला प्रहरी कार्यालयमा दिएपछि पीडक लाइ सोही दिन प्रहरीले नियन्त्रणमा लिएको बताए । गत, २०७२ सालदेखि नै नियमित रूपमा करणी गर्दै आएको भन्ने बालिकाको जाहेरी यस कार्यालयमा परे पछि अनुसन्धानको लागी हामीले निजलाइ पक्राउ गरेका हौं । एसपी राठौरले भने, बालिकाको स्वास्थ्य परीक्षणका लागि हामीले सोही दिन नै भरतपुर अस्पतालमा पठाएका छौँ । करणीबाट बालिका गर्भवती भई गत असारमा गर्भ समेत एकपटक पतन गराएको ती किशोरी बताउँछिन् । बलात्कार एवं करणी जस्तो गम्भीर घट्ना घटेको पाइए तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न चितवनका प्रहरी प्रमुख एसपी राठौर सबैमा अनुरोध गर्दछन । साथै, उनले गर्न तल्लीन भएको खबर सोमबार सार्वजनिक भएको छ । घट्ना गत, पौष १३ गते शुक्रबारको हो । पुर्वी चितवनको खैरहनी नगरपालिका वडा यस्तो घट्ना बिशेषत स् आफ्न्त एवं नजीकस्तर का ब्यक्तिबाट हुने गरेको भन्दै करणी भए प्रतिकार गर्न र तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न समेत सुझाव दिन्छन् ।
यसरी भयो बलात्कार !
पीडित किशोरीका अनुसार आफूलाई जन्म दिने आमा अर्कै पुरूषसँग हिँडेपछि म आफ्नु दाजु र बाबुसँग बस्दै आएको थिएँ । आमाले छाडेर अन्यत्र गएपछि बाबुले केही समयपछि कान्छी आमा भित्र्याएको थियो । कान्छी आमा आएपछि आफूमाथि कान्छी आमा समेतले नराम्रो दृष्टिकोणले हेर्ने गरेको उनी सुनाउँछिन् । उनका अनुसार पछि कान्छी आमा समेत वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएपछि आफूलाई बाबुले करणी प्रयास गर्न थाले । कान्छीआमा विदेश बाट आएपछि पनि बाबुले करणी गरी आफू गर्भवती भएको र त्यसपछि बाबु अनि कान्छीआमा दुबै मिलेर भरतपुरकै एक अस्पतालमा ल्याई ४ महिनाको गर्भ पतन गराएको उनले बताइन् ।
यसरी भयो सार्वजनिक !
बाबु, कान्छीआमा र पीडित किशोरीबीच उनको लालनपालन र भविष्यको विषयलाई लिएर झगडा हुन थाल्छ । पछि झगडाले उग्ररूप लिएपछि पीडित किशोरी गएको मंसिरबाट ठूलोबुबाको घरमा गई बस्न थाल्छिन् । ठूलोबुबा कहाँ गएर बस्दा पनि बुबा र कान्छीआमाको झगडा हुने क्रम अन्त्य हुँदैन । झगडाकै क्रममा रिसले आगो बनेकी कान्छीआमाले आफ्नो लोग्ने अर्थात् किशोरीको बुबासँग भएको घटनाबारे सबैसामु सुनाउँछन् । घट्नाबारे नातागोता सबै दंग पर्छन् । त्यसपछि आफन्तकै सहयोगमा न्यायका लागि भन्दै ती किशोरी चितवन प्रहरीको शरणमा गत पौष १३ गते शुक्रबार आईपुग्छन् । प्रहरी कार्यालय आएका उनले घट्नाबारे प्रहरीलाई सबै सुनाउँछिन् । उनको जाहेरी पछि प्रहरीले आरोपी बाबु लाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रियालाई अगाडि बढाउँछन् ।
बलात्कार आरोपमा भारतीय युवा पक्राउ ।
यता, भरतपुर महानगरपालिका वर्डा नम्बर ४ बस्ने बर्ष १६ की एक बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले भारत मोतिहारी जिल्ला प्रियाकोट ११ घर भई हाल भरतपुर महानगरपालिकाको वर्डा नम्बर ४ मा डेरा गरी बस्ने वर्ष २४ को रुपेशकुमार यादवलाइ पक्राउ गरेको छ । पीडित बालिकाले ०७५ असोज १५ गते जिल्ला धादिङ सिद्धलेक गाउँपालिका ६ मा बलात्कार गरेको भन्दै गत पौष १३ गते जिल्ला प्रहरीमा जाहेरी दिए पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपितलाइ प्रहरीले जाहेरी परेको भोलिपल्टै अर्थात पौष १४ गते शनिबार नै पक्राउ गरेको प्रहरीले बताएको छ । पीडित किशोरीको स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पताल १३ गते नै पठाइएको चितवन प्रहरीले जनाएको छ ।
सजाय के छ ?
कसैले कुनै महिलाको सहमतिबिना यौनजन्य गतिविधि गरेको खण्डमा, सहमति लिएर पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई यौनशोषण गरेमा त्यसलाई बलात्कार मानिन्छ । यस्तो अवस्थामा मुलुकी संहिता ऐनले बलात्कार गर्नेलाई जन्मकैदको सजाय सुनाएको छ । बालिका, पूर्ण अशक्त, अपांगता भएका र वृद्धालाई बलात्कार गर्नेलाई जन्मकैदको सजाय हुन्छ । यसअघि यस्तो अपराध गरेमा मुलुकी अपराध संहिताको दफा २१९ को ३ ुकु मा दश वर्ष भन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे सोह्र वर्षदेखि २० वर्षसम्म सजाय हुने व्यवस्था थियो । सो व्यवस्था संशोधन गरिएको हो । ‘विधेयकमा १० वर्ष भन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरे जन्म कैद हुने’ व्यवस्था गरिएको छ ।