प्रधानमन्त्री देखि ज्ञानेन्द्रसम्मका भिआईपीहरुले सरकारी गाडी हडपे

लिष्टसहित ल हेर्नुस

 

पौष १६, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २६ वटा गाडी बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री र पूर्वगृहमन्त्रीले प्रयोग गरेको पाइएको छ ।

सशस्त्रले सार्वजनिक सुरक्षा गस्तीका लागि आफ्ना ७७ वटा युनिटमा सुरक्षित सवारीको अभाव भएको बताइहेका बेला ती सवारी साधनहरू बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, पुर्व उपप्रधानमन्त्री, गृहमन्त्री, पूर्वगृहमन्त्री, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका नाममा प्रयोग भएको पाइएको हो ।

सशस्त्रका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरज श्रेष्ठले नेपाल समाचारपत्रको जिज्ञासामा सशस्त्रका ७७ वटा युनिटमा सुरक्षित गस्तीकालागि गाडी नभएको जानकारी दिनुभयो ।

गृह मन्त्रालय स्रोतका अनुसार तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको पछुवालाई टाटा जेनन पिकअप, बा२झ३८०३, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछुवालाई टोयटा हाइलक्स, बा१झ९१४२, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पछुवालाई महिन्द्र स्कारर्पियो पिकअप, ना१झ१५०३, नम्बरको गाडी दिइएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालको पछुवाले माज्दा पिकअप, बा१झ८२५५, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पछुवाले माज्दा पिकअप, बा१झ८२५९, पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको पछुवाले टेल्को लाइन डबल क्याप, बा१झ९५२७ र मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ१५१३ नम्बरको गाडी लगेका छन् ।

पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४८६, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४३९, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४८८ र पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५२१ नम्बरको गाडी चलाउँदे आएका छन् ।

पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पछुवाले टेल्को लाइन डबल क्याप, बा१झ ९५३८, पूर्व उपप्रधानमन्त्री एवम् पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला सिंहको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४७३, पूर्व उपप्रधानमन्त्री एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४९० नम्बरको गाडी लिएका छन् ।

पूर्व उपप्रधान एवम् पूर्वगृहमन्त्री कमल थापाको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४९६, पूर्व उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५०४ र पूर्व उपप्रधान एवम् पूर्व गृहमन्त्री बिमलेन्द्र निधिको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५५७ नम्बरको गाडी प्रयोग गरेका छन् ।

यसैगरी गृहमन्त्री रामबहादुर थापा बादलको पछुवा महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४८९, पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको पछुवा महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४७९, पूर्व गृह एवम् पूर्व उर्जामन्त्री जनार्जन शर्माको पछुवालाई महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५०० र पूर्व गृहमन्त्री एवम् हाल बहालवाला वनमन्त्री शक्तिबहादुर वस्नेतको पछुवालाई महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५४३ नम्बरको गाडी सुरक्षाका नाममा प्रयोग गरिहेका छन् ।

साथै गृहमन्त्रालयमा टाटा सुमो जिप, ना१झ ८०१ र गृहमन्त्रीको सचिवालयमा बलेरो जिप, बा२झ ३४६ नम्बरको गाडी प्रयोग गरिएको छ । सशस्त्रको गाडी प्रयोग गर्नेमा पूर्व राजा ज्ञानेन्द्र शाह समेत हुनुहुन्छ । उहाँको निर्मल निवासमा महिन्द्र स्करर्पिओ पिकअपका ना१झ १४८४ र ना१झ १५५२ नम्बरका गाडी प्रयोग भएका छन् भने नागार्जुनका लागि टेल्को लाइन डबल क्याप, बा१झ ९५३३ नम्बरको सशस्त्रको गाडी लगिएको छ ।

को को छन् गाडी प्रयोग गर्ने रु
१, प्रधानमन्त्री केपी शर्मा ओली–टाटा जेनन पिकअप, बा२झ३८०३
२, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड–टोयटा हाइलक्स, बा१झ९१४२
३, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा–महिन्द्र स्कारर्पियो पिकअप, ना१झ१५०३
४, पूर्वप्रधानमन्त्री झलनाथ खनाल–माज्दा पिकअप, बा१झ८२५५
५, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल–माज्दा पिकअप, बा१झ८२५९
६, पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्द–टेल्को लाइन डबल क्याप, बा१झ९५२७
७, मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मी–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ१५१३
८, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४८६
९, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४३९
१०,पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४८८
११,पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५२१
१२,पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ–टेल्को लाइन डबल क्याप, बा१झ ९५३८
१३,गृहमन्त्री रामबहादुर थापा बादल–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४८९
१४,पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला सिंह–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४७३
१५,पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४७९
१६,पूर्व गृहमन्त्री भीमबहादुर रावल–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४९०
१७,पूर्व गृहमन्त्री कमल थापा–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४९६
१८।पूर्व गृहमन्त्री जनार्जन शर्मा–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५००
१९,पूर्व गृहमन्त्री वामदेव गौतम–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५०४
२०,पूर्व गृहमन्त्री बिमलेन्द्र निधि–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५५७
२१,पूर्व गृहमन्त्री ९हाल वनमन्त्री०, शक्तिबहादुर वस्नेत–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५४३
२२,गृहमन्त्रालय–टाटा सुमो जिप, ना१झ ८०१
२३, गृहमन्त्रीको सचिवालय–बलेरो जिप, बा२झ ३४६
२४,निर्मल निवास–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १४८४
२५,निर्मल निवास–महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५५२
२६,नागार्जुन बेश–टेल्को लाइन डबल क्याप, बा१झ ९५३३ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।