टाँडी प्रहरीको सक्रियता : बस भित्रैबाट समातिए दुइ पाकेटमार !


रत्ननगर, १० पौष । बसमा यात्रा गर्ने यात्रुहरूको पाकेटमार्ने क्रम बढेपछि टाँडी प्रहरीले बसभित्रै सादा पोशाकका प्रहरीहरु खटाउने गरेका छन् । प्रहरीले बसभित्रै पाकेटमारहरुको बिगबिगी बढ्ने गरेको गुनासो आउन थालेको भन्दै सुरु गरेको स्विप अप्रेसनमा दुइ जना महिलाहरु चोरी गर्दा गर्दै डिएसपी दयानिधी ज्ञवालीको फन्दामा आइपुगेका छन् । ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधी ज्ञवाली (डि.एन.) का अनुसार टाँडी प्रहरीको संयुक्त गस्ती र सक्रियताका क्रममा बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको एक बसमा यात्रारत महिलाको पाकेटमार्ने २ जना महिलालाई रत्ननगर नगरपालिकाको वर्डा नम्बर ३ स्थित शान्तिचोकबाट रंगेहात पक्राउ गर्न प्रहरी सफल भएको बताए ।

बसमा यात्रारत कालिका नगरपालिका वडा नम्बर १० सिद्धिकी अस्मिता चेपाङको नगद झन्डै रु २५ हजार ७० र मोबाइल सेट चोर्ने क्रममा गस्तीमा खटिएको सादा पोशाकका प्रहरीले भारतको कलकत्तास्थित पुनापुर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. ११ लक्षमनुवा चोक बस्ने बर्ष १९ की पुजा देव र वर्ष १७ की प्रिती देवलाइ पक्राउ गर्न प्रहरी सफल भएको बताए । पक्राउ परेका दुबै महिलाहरुलाई नियन्त्रणमा लिइ आवश्यक रूपमा अनुसन्धान गरिरहेको उनले बताए । साथै, चोरीमा संलग्न रहेका उनीहरुमाथि अनुसन्धान पस्चात चोरी ऐन अन्तर्गतको दर्ता गरी कारवाही प्रक्रियालाई अगाडि बढाउने समेत उनले जानकारी दिए । लामो रुटका बसहरुमा यात्रारत यात्रुहरुको पाकेटमार्ने क्रम अझै नरोकिएकोले बसमा यात्रा गर्नुपुर्व चनाखो भइ यात्रा गर्न, बसमा शंकास्पद कोही मानिसहरू भेटिए तत्कालै प्रहरीलाई जानकारी गराइ सहयोग गर्न, बसमा यात्रा गर्दा अपरिचित ब्यक्तिले केही खानेकुरा खान दिए त्यसलाई इन्कार गर्न, बहुमुल्य पहिरन लगाइ बसमा यात्रा नगर्न साथै, आफु कहिँ कत्तै जादा त्यस्को सूचना सामाजिक सञ्जाल मार्फत जानकारी नगराउन समेत प्रहरी प्रमुख डिएसपी डिएन ज्ञवाली सबैमा अनुरोध गर्छन् ।

डिएसपी ज्ञवालीले रत्ननगरको कार्यभार सम्हालेपछि बिगतको तुलनामा यहाँको शान्तिसुरक्षामा चुस्तदुरुस्त भएको स्थानीय बताउँछन् । उनी आएलगत्तै संगठन बिपरित गतिविधिमा अग्रसर यहाँका दुइ प्रहरी जिल्ला तानिएका छन् भने, थोरै मात्रामा मात्रै सादा पोशाकका प्रहरी परिचालन गरी रत्ननगरलाइ अपराध भयमुक्त बनाउन उनी आफैं दिनरात कटिबद्ध भइ अघि बढेकोमा यहाँका नागरिक समेत उनको यसक्षेत्रको आगमनले थप साथर्कता पाएकोमा खुशी व्यक्त गरेका छन् ।