काठ तस्कर गर्ने २ जना अटो सहित पक्राउ ।

प्रनिश थापा, चितवन, ८ पौष । सामुदायीक वनमा काठ तस्कर गर्ने २ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वर्डा नम्बर ११ मा रहेको नवजागृती सामुदायीक वनमा मध्यरात साँढे एक बजे काठ तस्कर गर्ने कालिका नगरपालिका गौरीगाँउका विवेक तामाङ र सगुन टोलका किसान तामाङलाइ प्रहरीले अटो सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट करिब ३ क्यूफिट सालको काठ र काठ तस्करीमा प्रयोग भएको ना। १। ह। ५१६८ नम्वरको अटोलाइ समेत नियन्त्रणमा लिइएको जनाएको छ । खगेरी खोलाबाट २ सय मिटर पश्चिमतर्फ नवजागृती वनको संरक्षित वनमा काठ तस्कर गर्दै गर्दा सामुदायीक वनको गस्ती टोली र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । तस्कर भएको ठाँउबाट करिब ९० क्यूफिट सालको काठ हराएको नवजागृती सामुदायीक वनका अध्यक्ष पुस्तक गौतमले जानकारी दिए । वनमा काठ तस्करको ठुलै जालो फैलिएको भन्दै त्यसलाई निस्तेज पार्न निरन्तर निगरानी गरिरहेको उनले बताए । काठ तस्करीमा संलग्नलाई वन ऐन २०४९ र नियमावली २०५१ बमोजिम कारवाही हुने जिल्ला वन कार्यालय चितवनका निमित्त डिभिजन वन अधिकृत कृष्ण पौडेलले बताए ।