पुर्व प्रधानमन्त्री प्रचण्डको बिषयमा गलत स्टार्टस पोष्ट गर्ने  प्रधान प्रहरी नियन्त्रणमा ।

 
 
प्रनिश थापा, चितवन, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गर्ने नेपाली काँग्रेसका महासमिती सदस्य समेेेत रहेका चितवनका वरिष्ठ होटल ब्यवसायी सुबोध प्रधानलाई अनुसन्धानका लागी चितवन प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ । पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डलाइ फेसबुकमार्फत गलत स्टार्टस पोष्ट गर्दा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
चितवन जिल्लाका प्रहरी प्रमुख समेत रहनुभएका एसपी सुशीलसिंह राठौरका अनुसार होटल ब्याबसायी प्रधानले अध्यक्ष “प्रचण्ड” को मानमर्दनमा असर पुग्ने गरी स्टार्टस लेखेको भन्ने एक सूचकको उजुरीका आधारमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको बताए । राठौरले सामाजिक सञ्जालको दुरुपयोग गर्ने उद्देश्यका साथ प्रधानले प्रचण्डमाथि गलत मनाशयका साथ स्टार्टस लेखेका छन् । उनलेे भने, प्रधानद्वारा प्रेषित स्टार्टस मैले पनि हेरेको थिए । साँच्चै त्यो गलत रहेछ । अनुसन्धान हुँदै छ , आरोप पुष्टि भएमा मुद्दा दर्ता गरी कार्वाही प्रक्रियालाई अगाडि बढाउने छु । 
पक्राउ परेका प्रधानमाथि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको उनलेे बताए । यस्तै, चितवनका एसपी राठौरले सामाजिक सञ्जालको दुरुपयोग नगर्न सबैमा आग्रह गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरे साइबर क्राइम अन्तर्गत मुद्दा चल्ने र त्यसो भएमा भबिष्यमा समेत नकारात्मक असरपर्ने भन्दै उनलेे त्यसतर्फ सचेत रहन र दुरुपयोग भएको पाइए तुरुन्तै प्रहरीलाई खबर दिएर सहयोग गर्न समेत उनलेे सबैमा आग्रह गरेका छन् ।
उजुरीकर्ताको सुरक्षाको दृष्टिकोण लाइ मध्ययनजर गर्दै प्रहरीले निजको परिचय गोप्य राखेका छन् । पक्राउ परेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाईल्डलाईफ रिसोर्टका प्रमुख एवं तरुण दलका पूर्ब केन्द्रिय सदस्य समेत हुन् ।